साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्न सक्छन् जहर

Nepal Telecom ad

अमृत बनी आउनेहरू बन्न सक्छन् जहर
आज मेरो जिन्दगीले गर्यो यही ठहर

हसाउँछन् केही दिन अनि जान्छन् टाढा
छोडिदिन्छन् उपहार आँसुको त्यो नहर

कोही पनि जीवनभरि बन्ने छैनन् साथी
हुने छैन गाउँ तिम्रो न त हुन्छ शहर

जति राम्रो लेख्न खोज गजल जिन्दगीको
न त मिल्छ लय सुर न त मिल्छ बहर

राम्रोसित छामी हेर हरेक मान्छेलाई
हुनसक्छ हृदयमा सुनामी त्यो लहर ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x