साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

छिनमै बाटिने छिनमै फुट्ने, खरानीको डल्ला सत्य भन्दा झुटको चलखेल, सधैँ हल्लैहल्ला धमिलो पानीमा माछा मार्न हजारौँ छन तयार मियो बिनाको दाइँ भयो देश, खै कसरी चल्ला ?

Nepal Telecom ad

हिरा खड्का अधिकारी :

१.
कुन स्वार्थले छुट्छौ , कुन स्वार्थले जुट्छौ
घुम्तीनै पिच्छे मोडिन्छौ, पलपलमा फुट्छौ
ए!देशलाई नाटकको रङ्गमञ्च बनाउनेहरू
निर्धक्क भन त अझै देश कतिन्जेल लुट्छौ ?

२.
छिनमै बाटिने छिनमै फुट्ने, खरानीको डल्ला
सत्य भन्दा झुटको चलखेल, सधैँ हल्लैहल्ला
धमिलो पानीमा माछा मार्न हजारौँ छन तयार
मियो बिनाको दाइँ भयो देश, खै कसरी चल्ला ?

३.
कसैको रहर बढ्छ कसैलाई तल झार्छ पनि
दशैँ आउँछ गरिबलाई ऋणैऋणमा पार्छ पनि
हुनेखानेलाई मस्ती छ, कवाफमा रम्नसक्छन्
हुँदा खानेले मुस्किलले एकछाक टार्छ पनि।

४.
इतिहास दनदनी बलिसक्यो, अझै के हेर्दैछौ
आँखै अघि निर्दोष ढलिसक्यो, अझै के हेर्दैछौ
पुच्छरले कुकुर हल्लाउदैछ बुझ ए ! लाक्षीहरू
पुर्खाको विरासत गलिसक्यो, अझै के हेर्दैछौ ?

५.
छिनमै बाटिने छिनमै फुट्ने, खरानीको डल्ला
सत्य भन्दा झुटको चलखेल, सधैँ हल्लैहल्ला
धमिलो पानीमा माछा मार्न हजारौँ छन तयार
मियो बिनाको दाइँ भयो देश, खै कसरी चल्ला ?

०००
सुन्दर हरैँचा, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x