साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृका चरणमा शिर मेरो

आज यो कलमले जति लेपूँ शब्दमा नयनका रस खेपूँ याद सो हजुरको मृदु घेरो मातृका चरणमा शिर मेरो ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

प्रेमले जतन जो शिशु गर्थिन्
दुग्धले सुमनका तन भर्थिन्
कष्टका अनल तप्त सहेकी
मातृका सलिल तोय बहेकी ।।१

कोखमा म रहँदा कति कष्ट
कार्यका लहर ती छरपस्ट
भित्रका कहर जीवन ठान्यौ
चित्तका रहरमा घन हान्यौ ।।२

काँधमा अटुट ती अभिभारा
पेटका जलन ती कति सारा
भोकको समयमा कति खायौ
गीत ती विरहका कति गायौ ?३

पर्दथे उदरमा कति मुक्का
लाग्दथे वदनमा कति धक्का
आँसुले नयन पत्र भिजाई
तै खुसी जनित कष्ट उठाई ।।४

आज यो कलमले जति लेपूँ
शब्दमा नयनका रस खेपूँ
याद सो हजुरको मृदु घेरो
मातृका चरणमा शिर मेरो ।।५

०००
नारायणपुर, विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x