साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव अर्याल र रमेश विकल  केन्द्रित दुई कृति लोकार्पण

लोकार्पित कृतिहरुमा समीक्षकहरू पुरुषोत्तम सुवेदी र प्रा.डा. खगेन्द्र लुइँटेलले ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’माथि समीक्षा गर्नुभएको थियो भने प्रा.डा. भागवत् ढकाल र नरनाथ लुइँटेलले ‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्याल’माथि समीक्षा गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० जेठ १५ । सुरभि साहित्य प्रतिष्ठानले यशस्वी आख्यानकार रमेश विकल र हास्यव्यङ्ग्य महारथी भैरव अर्यालका व्यक्तित्व र कृतित्वमाथि गरिएका समालोचनात्मक कृतिहरू ‘रमेश विकल ; समालोचनात्मक अन्वेषण’ र ‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्याल’को लोकार्पण गरेको छ ।

गोकर्णेश्वर  नगरपालिकाको प्रायोजन रहेको यस कार्यक्रमको सभापतित्व सुरभि साहत्यि प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गोकर्णेश्वर  नगरपालिकाका नगरप्रमुख दीपक रिसाल रहनुभएको थियो ।

विशिष्ट अतिथिहरुमा गो.न.पा.का उपप्रमुख सान्नानी लामा, भैरव अर्याल गुठी र रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र त्रिभुवन विश्वविद्यालयका नेपाली विभाग प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेल हुनुहुन्थ्यो । अतिथिहरुमा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक त्रय गोविन्द घिमिरे वेदमणि, विजय चालिसे, युवराज मैनाली, डिल्लीराज अर्याल, वसन्त रिजाल, गोनपा वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, माधव खनाललगायत हुनुहुन्थ्यो भने समीक्षकहरुमा प्रा.डा. भागवत् आचार्य, हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल, समालोचक पुरुषोत्तम सुवेदी, प्रा.डा. खगेन्द्र लुइँटेल हुनुहुन्थ्यो ।

पानसमा बत्ती बालेर उद्घाटन गरिएको यो कार्यक्रमको सुरुमा सभापति पौडेलले स्वागत मन्तव्यसहित प्रतिष्ठानको प्रगतिविवरण सुनाउनुभएको थियो । कार्यक्रममा समालोचक गोपी मैनालीद्वारा लेखिएको कृति ‘रमेश विकल : समालोचनात्मक अन्वेशण’ र समालोचनक ठाकुर शर्मा भण्डारीद्वारा लेखिएको कृति ‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्यालको लोकार्पण प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले संयुक्तरूपमा गर्नुभएको थियो ।

लोकार्पित कृतिहरुमा समीक्षकहरू पुरुषोत्तम सुवेदी र प्रा.डा. खगेन्द्र लुइँटेलले ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’माथि समीक्षा गर्नुभएको थियो भने प्रा.डा. भागवत् ढकाल र नरनाथ लुइँटेलले ‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्याल’माथि समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपक रिसालले गोकर्णेश्वर  नगरपालिकाले यस क्षेत्रको साहित्यको संवर्धन गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने कुरा बताउनुभयो । यस नगरपालिकाले साहित्यिक संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएको र यो क्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाउनुभयो । संरक्षकद्वय युवराज मैनाली, गोविन्द घिमिरे वेदमणि र विशिष्ट अतिथि रोचक घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो ।

वक्ता युवराज मैनालीले रमेश विकल र भैरव अर्यालजस्ता मुर्धन्य साहित्यकारहरुको थलो यो गोकणर्ेश्वर नगरपालिका भएकाले यो नगरपालिकाले गरेको कार्यमा सबैले प्रशंसा गर्नैपर्ने कुरा व्यक्त गर्नुभएको थियो । अर्का वक्ता वेदमणिले यस क्षेत्रमा सुरभि साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठानजस्ता संस्थाहरुले साहित्यको संवर्धन गरिरहेको बताउनुभयो ।

विशिष्ट अथिति घिमिरेले रमेश विकल र भैरव अर्याल अनन्य मित्र भएकाले अप्ठ्यारो अवस्थामा पनि आएको बताउँदै यस्ता कार्यले सबैमाझ लेखक र लेखनकलालाई चिनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा लेखकद्वयले पनि आफ्ना कुरा व्यक्त गर्नुभएको थियो । वहाँहरूले यी कृति लेखनसङ्घर्ष र लेखन प्रेरणाका कुरा समेत बताउनुभयो । दिउँसो एक बजे सुरुभएको यो कार्यक्रम त्रिवेणी ब्याङ्केट, बेसीगाउँमा सम्पन्न भएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

०००
– परशुराम पराजुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x