साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माथि

बस लोकार्पण कार्यक्रम धुमधामले आयोजन भयो । माथि बस्न खोज्ने भीआइपी साहित्यकारहरूको नाक मुख देखिनँ । अहिले उनीहरूले मलाई फेसबुकमा ब्लक् गरेका रहेछन् ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

माथि भनेको अग्लो ठाउँ बुझ्थेँ…बुझिरहेकी थिएँ । त्यसरी नै तल भनेको फेद वा भुइँतिर बुझ्थेँ । स्कूलमां छँदा तलको विपरित माथि, माथिको विपरित तल अनि अङ्ग्रेजीमा अपको अपोजिट डाउन अनि डाउनको अपोजिट अप भन्ने सिकेकी हुँ । त्यसभन्दा बढ़ी मैले माथि शब्दमाथि त्यति ध्यान दिएकी थिइनँ ।

साहित्यमा जबदेखि मेरो परिचयको परिधि फैलिँदै गयो । उति उति साहित्यिक कार्यक्रम, पुस्तक लोकार्पण कार्यक्रमतिर उपस्थिति पनि दिनदिनै बढ़्दै गयो । यस्ता कार्यक्रमतिर दुई थरिका आसन हुँदोरहेछ भन्ने पनि यस्ता कार्यक्रमतिर धाउन थालेदेखि बुझ्न थालेकी हुँ । प्रथम आसनमा अतिथिहरूलाई मञ्चमा आदरपूर्वक निम्त्याएर आसन ग्रहण गराउँदा रहेछन् … यसको नाम माथि । अनि कार्यक्रम आयोजन हुने भवनमा तलतिर चेयर ओछ्याएको हुँदोरहेछ… तिनमा निम्त्याइएका अतिथिहरू बस्दा रहेछन्… यो भयो तल ।

मञ्चको माथि साहित्यका बड़े बड़े, मेरो भाषामा भीआइपी साहित्यकारहरूलाई माथि आसनमा राखिँदा रहेछन् । अनि लोकार्पणमा पनि उस्तै भीआइपी साहित्यिकहरूलाई निम्त्याएर पुस्तकको लोकार्पण गराइँदो रहेछ । अनि हामी तल बस्नेहरूले किताब किनिदिनु पर्ने रहेछ । माथि मञ्चमा उभिएर किताब लोकार्पण गरिदिनेहरूले सित्तंैमा किताब पाउँदा रहेछन् । कति मज्जा । कति आनन्द । किताब किन्नु नपर्ने । यसबारेमा मेरो केही ज्ञान थिएन । सोध्न पनि भएन । लाजमर्ने कुरा ।

मेरो किताब लोकार्पण हुने घोषणा भयो । मैले फेसबुक वालमा मेरो किताब लोकार्पणबारे सार्वजनिक गर्नु मात्र होइन वाटसएप र म्यासेञ्जरमा मेरा फेसबुके साथीहरूलाई ई निम्तो पोष्ट गरेँ । सबैले बधाई, लोकार्पण कार्यक्रमको सफलताको कामना गरी एडभान्स़ड शुभकामना पठाए । म हर्षले गदगद भएँ ।

ती साथीहरूले रातदिन फोन गरे । भिडियो कल गरे । एकजना अत्यन्तै घनिष्ट साहित्यकार दाइले मलाई सर्काउनुसम्म सर्काए । सर्केर म पनि माथि पुगिसकेकी थिएँ । म्यासेञ्जरमा हामी प्रायः दिनहुँ बात माथ्र्यौं । कुरै कुरामा उनले म्यासेज पठाए…. बुइनी…. माथि मलाई पनि सानो आसन दिने है । अनि फलानो फलानो ठाउँबाट… फलानो ख्यातिप्राप्त भनेर मेरो नाम घोषणा पनि गरिदिने है । बुइनीको किताब सय प्रति लु म लाने ।

एकजना ठूला साहित्यकारले भने, म तिम्रो किताबको समीक्षा लेखेर यहाँको नाम चलेको न्यूजपेपरमा छपाइदिन्छु । तर तिमीले जसरी हुन्छ मलाई चैं माथि राख्नैपर्छ ।

धेर नबोल्ने तर चालै नपाई आफ्नो काम बनाउने घुसघुसे साहित्यकार सरले तिम्रो कार्यक्रममा माथि ककसलाई राख्छ्यौ ? मिल्छ भने यसो मलाई पनि याद गर ल । तिमीलाई पछि म पनि हेर्छु नि । गिभ एण्ड टेक ।

म ता साहित्यमा एकदमै नयाँ । साहित्यकारहरूलाई माथि बस्ने कति रहर लागेको भन्ने कुरा गमेर म छक्क परेँ । यस्तो लाग्न थाल्यो हाम्रो यतातिर हुने लोकार्पण कार्यक्रममा माथि आसनमा बस्नेहरूलाई उनीहरूको साहित्यिक योगदानको कदर नभएर सबै नै भनसुनमै माथि उभिएका हुँदारहेछन् भन्ने सोचेर घिन लाग्यो ।

अरुलाई कोनि मलाई थाहा छैन । तर मलाई भने धेरै साहित्यकारले मलाई माथि राख्यौ भने मञ्चबाटै पचास, पच्चीस, दस प्रति तिम्रो किताब क्यास किनिदिन्छु भनी घोषणा गरिदिन्छु भनेर वाक्कै दिक्कै लगाए । लोकार्पण कार्यक्रममा किताब प्रकाशित गर्ने कवि साथीहरूलाई पनि यी भीआइपी साहित्यकारले यसै भन्दा हुन् भन्ने लाग्यो ।

सोंचेँ, कुनै साहित्यिक तथा लोकार्पण कार्यक्रमतिर माथि बस्नु नै ठूलो हो र ? नाउँ चलेका भीआइपी साहित्यकारहरू नवोदित स्रष्टालाई आशीर्वाद शुभकामना दिन आउँछन् कि माथि बस्ने लोभमै कार्यक्रमतिर उपस्थित हुन्छन् भन्ने प्रश्नले आजसम्म पनि मलाई हण्डर लाइरहेको छ ।

मेरो किताबको लोकार्पण कार्यक्रम धुमधामले नै हुने भयो । फेसबुक वालमा, म्यासेञ्जरमा अनि वाटसएपमा हल्ला गर्नुसम्म हल्ला गरेँ । सबैले उपस्थिति दिने भए । हिसाब गरेँ… डेढ़ सय जनाको सूची तयार भय़ो । डेढ़ सय जनामध्ये पचहत्तर जनाले भीआइपी साहित्यकारले माथि बस्छु भनी रिक्वेष्ट गरे । मैले केही उत्तर दिनु सकिनँ । हुन्छ पनि भनिनँ, हुँदैन पनि भनिनँ ।

कार्यक्रमको अघिल्लो दिन बेलुकी फेरि उही माथि राख्नेकै कुरा । मैले भनेँ, सर यो लोकार्पण कार्यक्रम एउटा संस्थाले आयोजन गर्ने भएकोले ती संस्थाकै अध्यक्षलाई अध्यक्षको आसनमा अनि संस्थाले नै प्रमुख अतिथि, विशिष्ट अतिथिको आसनमा राख्ने अरे । मेरो लोकार्पण कायऱ्क्रम विचाराहरूले आयोजन गरिदिएका हुन् । उनीहरूको कुरा मैले कसरी काट्नु सर ।

बस लोकार्पण कार्यक्रम धुमधामले आयोजन भयो । माथि बस्न खोज्ने भीआइपी साहित्यकारहरूको नाक मुख देखिनँ । अहिले उनीहरूले मलाई फेसबुकमा ब्लक् गरेका रहेछन् ।

छक्क परेँ…
थुक्क माथिका लोभेहरू !!

०००
जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x