साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बड्कौँलोः नयाँ विधा

सिरानबाट पढ्न थाले पनि केही बुझिन्न पुछारबाट पनि बुझिन्न न माझबाट पढेर केही बुझिन्छ । उल्ट्याए पनि बुझिन्न सुल्ट्याए पनि बुझिन्न । नबुझिनु नै यिनको विशेषता हो । यसैले बड्कौँला साहित्य यिनैबाट प्रेरित भएर जन्मेको हो ।

Nepal Telecom ad

होम सुवेदी :

परिचयः
यो साहित्यको एक नयाँ विधा हो । कसैले सुसेली कसैले खोरिया कसैले डाली कसैले छोक कसैले भोक कसैले एलाक कसैले कोपिला कसैले बलेँसी कसैले ताङ्का कसैले ओलक आदि आदि आफ्ना आफ्नै साहित्य बनाएको देखिएको छ । यस अघि पनि ठोकम विधा बनाएको थिएँ त्यतिले नपुगेर अब अर्को बनाउनु पर्ने स्थिति आयो र बनाएको हुँ । नेपालका धेरैजसो साहित्यकारहरूले एक न एक विधा बनाइरहेको सन्दर्भमा मैले पनि बड्कौँलो नयाँ विधा जन्माएको छु । यो खास गरी कविताको क्षेत्रमा रहने विधा हो ।

यसमा कुनै क्रम हुन्न । बाख्राले हग्दा बड्कौँला जसरी फुरुरुरु निकाल्छ र ती क्रम रहित भएर भैँमा छरिन्छन् यो विधाका शब्द अक्षरहरू पनि त्यसै गरी छर्नुपर्छ । फेरि त्यसरी बाख्रा भेडाले बड्कौँल्याजस्तो जथाभावी छरेर हुन्छ र भन्ने कुरा पनि आउलान् । तपाइँले नै पनि त्यसो भन्नु होला । अरे बाबा यस अघिका कविताहरू मोहन कोइरालाका कविता कसले बुझ्यो हँ । ईश्वरबल्लभका कविता कसले बुझ्यो हँ । लु मलाई भन्नु होस् । तिनमा क्रम कहाँ छ हँ ।

हो कविता बुझ्नु पर्ने हुन छाडेको साठी वर्ष अघिदेखि नै हो । जसले जसरी लेखे पनि हुने नै भो । पुरस्कार नै पाउने भो । फर्सीको जरालाई कसले बुझ्यो हँ । आगोका फूललाई कसले बुझ्यो हँ । कहाँ छ यिनमा क्रमिकता । अनि किन चाहियो क्रमिकता र बोध्यता । सिरानबाट पढ्न थाले पनि केही बुझिन्न पुछारबाट पनि बुझिन्न न माझबाट पढेर केही बुझिन्छ । उल्ट्याए पनि बुझिन्न सुल्ट्याए पनि बुझिन्न । नबुझिनु नै यिनको विशेषता हो । यसैले बड्कौँला साहित्य यिनैबाट प्रेरित भएर जन्मेको हो ।

अतः यसमा बोध्यता र क्रमिकताको कुनै तुक हुन्न । लेखनमा जसरी लेखे पनि हुन्छ । व्याकरणको यहाँ कुनै अर्थ छैन । भाषालाई इन्द्रदाइले नै चबाएकै हुन् कठपुतलीको मनमा । अनि यहाँ भाषा बिग्रियो भन्नुको के छ तुक । यसैले बड्कौँलामा भाषाको कुनै ख्याल हुन्न । राम लेख्नु पर्यो भने र आकार म नै चाहिन्छ भन्ने केही काम छैन । मरा मार रमा जसरी लेखे पनि भो । अथवा

आ कार
म म आ कार र
यसै गरे पनि भो ।

यो मनका बह पोख्न खुब सजिलो बिधा छ । यसका बुझिनु पर्दैन । जसरी छरे पनि हुन्छ । जहाँबाट लेख्न थाले पनि हुन्छ ।

यसलाई यति नै अक्षर हुनु पर्छ भन्ने छैन । पाँच सात पाँचका हिसाब वा सत्र सोर बार आठ आदि अक्षरका छन्दहरूमा पाउ हुने जस्तो यसमा कुनै नियम भन्ने नै छैन । क ख ग को क्रम नै हुन्न । १ २ ३ को क्रम पनि हुन्न । सकिन्छ भने जति छर्न मन लाग्यो उति छर्नु होस् । वस बडकुँलो भो ।

यसको अर्थँ   बड्कुँलाको मलिलो पनसँग मिल्छ । मल भनेको ऊर्जा न हो । मनको ऊर्जा शब्दमा छर्नुहोस् भयो बड्कौँलो । मनका कुरा नियमका परिधिमा आउँछन् भन्ने नै कहाँ छ र ।

ठुला साहित्यकारहरूका रचनाहरू पनि यसमा प्रयोग गर्न सकिन्छ । जस्तै
नमर्ने हुन उद्योग जति विज्ञान गर्दछ
ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ ।

यसलाई यसो गरेर बड्कौँलो बनाउन सकिन्छः
जस्तै
न र्ने म द्यो उ ग
न हु ति ज नज्ञ वि र्दछ ।
ई ज्ञा हाँ सेर न द र्छ म

अरु उदाहरणः

छु आ र ज म खा न्खि र
ला म ए इ
ति क र्च ला ना क दि

अन्तमा यस विधालाई साहित्यप्रेमीले मन पराएर स्वीकार गर्नु हुन्छ भन्ने ठानेको छु । यसबारे भ्रम भए फित्कौलीबाट पनि केही थाहा पाउन सकिन्छ । अहिलेलाई धन्यवाद ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x