संप्रस पाैडेललटारम्मेश्वरमा झरनाको साहित्यिक पदयात्रा
झसापको २९०औँ साहित्य शृङ्खलाको अवसरमा ८० जनाको टोली सो क्षेत्रमा पदयात्रा गरेको हो । यात्राबाट फर्कनेक्रममा जङ्गलको बीचमा झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा रचना वाचन गरिएको थियो ।

हेटौँडा, ०८० जेठ १५ । झरना साहित्यिक परिवारले बकैया-ठिङ्गन-लटारम्मेश्वर साहित्यिक पदयात्रा गरेको छ ।
झसापको २९०औँ साहित्य शृङ्खलाको अवसरमा ८० जनाको टोली सो क्षेत्रमा पदयात्रा गरेको हो । यात्राबाट फर्कनेक्रममा जङ्गलको बीचमा झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा रचना वाचन गरिएको थियो । कार्यक्रमलाई सचिव मसान उपासकले सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा बकैया गाउँपालिका प्रमुख धर्मराज लामिछाने, निमित्त प्रशासकीय अधिकृत मिलन दुलाल, बकैया गापा वडा नं. ८, ९, ११ र १२ का वडाअध्यक्षहरू, पुरस्कार संस्थापक तुल्सी गिरी, नेपाली भाषा शिक्षण समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेललगायत शिक्षक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
साहित्य सर्जकहरू केशव समर्पण, दीपक गौतम, चिरञ्जीवि लामिछाने, छवि अनित्य, सानु खनाल, डिबी बर्तौला, हरि पौड्याल, विशाल अधिकारी आशुतोष, यश लामा, स्वस्तिका दाहाल, अमृता लामिछाने, स्वस्तिका बानिया, प्रयासी प्रविना पौडेल आदि यात्रामा सहभागी हुनुभयो ।
विभिन्न स्थानको पदयात्रा, महोत्सव, बहस, अन्तरक्रिया, स्रष्टा सम्मान तथा साहित्यिक कार्यशाला सञ्चालन गरिरहेको झसाप यस क्षेत्रको सक्रिय संस्था हो । आज यात्रा गरिएको बकैया गाउँपालिकाको लटारम्मेश्वर पछिल्लो पटक पदयात्रीहरूको रोजाईमा रहेको पदयात्रा मार्ग हो । २०० माथि पदयात्रीहरू सो स्थानमा पुगेका छन् । विकट भौगोलिक स्वरूपका कारण कठिन तर रोचक यात्रा रहने ललितपुरका ४७ जनाको टोलीमध्येका एक पदयात्रीले बताउनुभयो ।
सो स्थलमा स्थानीय तहले पैदल यात्राका लागि बाटो विस्तार, छेकबार लगायतका व्यवस्थापन तथा निर्माण कार्य गरिरहेको छ । त्यसलाई अझ सुधार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र अन्य स्थानभन्दा भिन्न हावापानी, हुस्सुले ढाकिरहने विशाल पर्वतहरूको सिंहावलोकनका लागि यस स्थानलाई स्तरोन्नति गर्नेतर्फ ध्यान दिइएको जनप्रतिनिधिहरूले बताउनुभयो ।
यात्रालाई गोपालबहादुर न्यासुर (वडाध्यक्ष, वडा नं. ११, बकैया) र ज्ञानेन्द्र बजगाईँ (वडाध्यक्ष, वडा नं. १२, बकैया) ले प्रायोजन गर्नुभएको हो ।
मकवानपुरका साहित्यिक संस्थाहरूले साहित्यिक यात्रा, पदयात्रा, महोत्सव रचना वाचन, प्रतियोगिताहरू सक्रियरूपमा सञ्चालन गर्दै आइरहेका छन् ।
०००
संप्रस पौडेल, हेटौँडा
९८४५१६४२२३
Subscribe
Login
0 Comments
Oldest








































