साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र रानी

जन्ती गएका बरियाँत सारा भन्छन् भएछौ अब कर्महारा सम्हाल्न थालौँ घरबार हाम्रो सत्कर्मले जीवन बन्छ राम्रो ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र

मेरी सुभानी गणतन्त्र रानी
माया हरायो किन आज नानी
साटेँ सफा प्रेम सुसभ्य ठानी
अर्कै बनायौ तर आज बानी !!१॥

बोकेर ल्यायौ मनमा तरङ्ग
छाडेर जाँदा म भएँ भरङ्ग
छल्दै नजाऊ पर हे शिवानी
भन्लान् सबैले अब बेइमानी ॥२॥

छन् साथ हाम्रा गतिला कहानी
सद्भाव राखेर सुधार बानी
आऊ थलामा अझ हर्ष मानी
राम्रो उदाओस् सँगमा बिहानी ॥३॥

सम्झी कहानी अझ चित्त मेरो
मेची र काली तिर मार्छ फेरो
बाँझो छ हाम्रो सब खेतबारी
आऊ प्रिये स्वच्छ दिमाग पारी !!४!!

जन्ती गएका बरियाँत सारा
भन्छन् भएछौ अब कर्महारा
सम्हाल्न थालौँ घरबार हाम्रो
सत्कर्मले जीवन बन्छ राम्रो ॥

छर्दै सदा पौरख यी गरामा
साटौँ खुसीका पल यो थलामा
आऊ यता भाग्नु हुँदैन रानी
जाला नजान्दा सब जिन्दगानी ॥६॥

०००
ताप्लेजुङ, हाल- काठमाडौं
२०८०/२/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x