साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.पाण्डेको कृति ‘जीवनको अभिनन्दन’ माथि अन्तरक्रिया

गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजना भएको सो अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टराई रहनु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ १५ । वि.सं. २०५४ मा स्थापना भएको ‘गुन्जन’ले डा. ज्ञानु पाण्डेको निबन्धकृति “जीवनको अभिनन्दन” को अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।

गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजना भएको सो अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टराई रहनु भएको थियो । यसैगरी विशेष अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति कवि विष्णुबिभू घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकाली, निबन्धकार रन्जना निरौला र कृतिका लेखक डा.ज्ञानु पाण्डे रहनु भएको थियो ।

कार्यक्रममा समालोचक प्रमोद प्रधानले ज्ञानु पाण्डेका निबन्धहरूले जीवनको महत्त्वबोध, स्वअस्तित्वप्रतिको प्रेम र सकारात्मक चिन्तनलाई सुललित भाषा र कलात्मक शैलीमा प्रस्तुत गरेको बताउनुभयो । निबन्धकार रन्जना निरौलाले पाण्डे आफ्नो क्याम्पस पढ्दाको गुरु भएको बताउँदै पुस्तकमा बौद्धिकता पाइनेभनाइ राख्नुभयो । प्रा.डा. गोविन्दराज भट्टराईले पाण्डेको प्राज्ञिक व्यक्तित्वको चर्चा गर्नुभयो । कवि विष्णुविभु घिमिरेले गुन्जनको स्थापनापछि नारी साहित्यकारहरू थप प्रोत्साहित भएको उल्लेख गर्नुभयो । अध्यक्षको आसनबाट गुन्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले गुन्जनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने जानकारी दिनुभयो ।

गुन्जनकी महासचिव सुस्मिता नेपालले संचालन गर्नु भएको सो कार्यक्रममा सचिव सन्ध्या पहाडीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु भागिरथी श्रेष्ठ, अन्जना भट्टराई, इल्या भट्टराई, सुशीला देउजा, तुलसीहरि कोइराला, रजनी ढकाल, लगीता कार्की, डा. रेणु थापा सोलु, राजेन्द्र के. सी., मन्जिला अनिल, कमला रिसाल, समीर ढकाल, कल्पना खरेल, शान्त बस्नेत, सुलोचना मानन्धर, सीता विष्ट कार्की, राधा दुलाल कार्की, इलु शर्मा, विशाल पहाडी आदि रहनु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x