जगदीश्वर पाेखरेलबुढ्यौलीका अनुभूति
ठूलो छ मेरो परिवार आज सम्मान गर्ने छ ठुलै समाज भएर सम्मानित एक व्यक्ति बाँचूँ मिलोस् हर्दम दिव्य शक्ति ।

हिजो असाध्यै बलियो थिएँ म
लाग्यो खिया लौह सरी खिएँ म
डुब्दै गएको म हुँ घाम एक
छ सृष्टिको यो रचना उदेक
आँखा नदेख्ने नत कान सुन्ने
हिंड्नै नसक्ने घर भित्र थुन्ने
कहालिलाग्दो दिन आउनेछ
जताततै संकट छाउनेछ
तथापि यी सन्ततिले अथाह
गर्लान् मलाई अति हेरचाह
सम्झी हिजोका सब पूण्यकर्म
म माथि गर्लान् कसरी अधर्म
कैयौं थरी ज्ञान सिकेँ सिकाएँ
सारा धरा पौरखले भिजाएँ
कर्तव्यको बोझ भिरेर भारी
थप्दै गएँ सन्ततिका भकारी
ठूलो छ मेरो परिवार आज
सम्मान गर्ने छ ठुलै समाज
भएर सम्मानित एक व्यक्ति
बाँचूँ मिलोस् हर्दम दिव्य शक्ति ।
०००
बुढानिलकण्ठ, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































