सुलसुलेबुढ्यौली साहित्य समाजको पहिलो साहित्यगोष्ठी
बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा देउराली माध्यमिक विद्यालय बर्दिवासमा पहिलो साहित्य गोष्ठी सम्पन्न भएको छ ।

महोत्तरी, २०७९, माघ २१ । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा देउराली माध्यमिक विद्यालय बर्दिवासमा पहिलो साहित्य गोष्ठी सम्पन्न भएको छ । ७० वर्षीय शिक्षासेवी इन्द्रप्रसाद रिसालको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएको हो ।
अध्यक्ष नानीराम दाहाल बन्चरोले सभाध्यक्षता गर्नुभएको कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले बुढ्यौली साहित्यको परिचय तथा महत्त्व बारे प्रकाश पार्दै साठी कटेका जेष्ठ नागरिकको जीवन-अनुभवबाट राज्य र नागरिकहरू लाभान्वित हुने वातावरण सिर्जना गर्न जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा कवि जनार्दन खनाल, प्रेमप्रसाद घिमिरे, रामचन्द्र पौडेल, लम्बोदर काफ्ले, मीना देवकोटा, डा.राजेन्द्र पौडेल, विपुल विद्रोही, बिपीराज दाहाल, पूजा कुशवाहा लगायतले कविता, मुक्तक तथा गजल सुनाउनुभएको थियो । सुनाइएका प्रायः सबै रचना जेष्ठनागरिकका मनोदशा र समस्यामा केन्द्रित रहेका थिए ।
पूर्व प्रधानाध्यापक खड्गबहादुर सिंह, प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे, सूर्यनारायण दास, गणेश तिमल्सिना, शान्ता काफ्ले, प्रतिमा पौडेललगायतले भने बुढ्यौली अवस्था र उनीहरूको समस्यालाई हामी सवैले संबोधन गर्नु पर्दछ भन्ने आशय व्यक्त गर्दै मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बुढ्यौली साहित्य समाजका सदस्य लालबाबु पोख्रेलले स्वागत र सचिव नारद काफ्लेले कार्यसञ्चालन गर्नु भएको थियो ।
०००
– बर्दिवासबाट डा.राजेन्द्र पौडेल र नारद काफ्ले
Subscribe
Login
0 Comments
Oldest












































