सुलसुलेशेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ मञ्चन
नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले मञ्चन गरेका हुन् । अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समीश्रण नाटकमा छ । नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन् ।

काठमाडौँ, २०७९, माघ २१ । प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँमा मञ्चन गरिएको छ । करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो ।
नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले मञ्चन गरेका हुन् । अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समीश्रण नाटकमा छ । नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन् ।
असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन् । ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई देखाइएको छ ।
शेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन् । यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो । निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतीलाई दर्शकले रुचि राखेकाले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































