साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होमवर्कको होहल्ला

अबदेखि होम वर्क गरेन भनेर हामीलाई गाली गर्नु भो भने म पनि बाबालाई भन्दिन्छु । अनि खुच्चिङ !

Nepal Telecom ad

टेलिभिजनको रङ्गिन पर्दामा सचित्र समाचार आइरहेछ । मुख्य समाचार अघि नै भट्ट्याइसकेको छ उसले । सानो विज्ञापनपछि समाचारलाई पूणर् पाठमा लैजाने बानी परिसकेको छ उसलाई धेरै अघिदेखि । अरू टेलिभिजन, एफएम र रेडियोहरूको पनि यस्तै प्रचलन छ । समाचारको धुन । समयको जानकारी । समाचारका मुख्य-मुख्य अंश । विज्ञापन । अनि पूरा समाचार । वरदेशमा मात्र होइन, परदेशमा पनि यस्तै चलन देखिन्छ यी सञ्चार माध्यमहरूको ।

अब सुत्रुस् पूरा समाचार । आज हुने भनिएको … राजनीतिक पार्टीको केन्द्रीय समितिको बैठक फेरि पनि बस्न सकेन । नेताहरूले होम वर्क पूरा गर्न नसकेकाले बैठक बस्न नसकेको कुरा जनाएका छन् । होम वर्क पूरा भएपछि अर्को बैठक अबको पन्ध्र दिनपछि बस्नेछ । यसअघि बस्ने भनिएको केन्द्रीय समितिको बैठक पनि होम वर्क पूरा नभएकै कारण बस्न सकेको थिएन । पन्ध्र दिनपछि सारिएको पूर्व बैठक अब फेरि अर्को पन्ध्र दिनका लागि पछि सरेको छ । त्यतिन्जेलसम्ममा सबै होम वर्क पूरा हुने कुरा नेताहरूले बताएका छन् ।

मम्मी मम्मी ल ! टेलिभिजनको समाचार सुत्रुस् त । हजुर मलाई मात्रै होम वर्क गरेन भनेर गाली गर्नु हुन्छ नि । देशका ठूल्ठूला राजनीतिक दल र तिनका नेताहरूले पनि त बेलामा होम वर्क गर्दा रहेनछन् नि ! मैले त हिजो नभ्याएको होम वर्क आज बिहान गरेँ । आज नभ्याएकोे होम वर्क भोलि बिहानै गर्छु । जति ढिला गरे पनि एक दिनभन्दा बढी ढिला कहिल्यै गरेको छैन । त्यति गर्दा पनि हजुर होम वर्क गरेन भनेर मलाई सधैँ गाली गरिरहनु हुन्छ । उः नेताहरूले त महिनौँ अघिदेखिको होम वर्क अझै गरेका रहेनछन् । म त त्यस्तो छैन नि । तैपनि हजुर मलाई नै गाली गर्नु हुन्छ होम वर्क गरेन भनेर । अब फेरि पनि गाली गर्नु भो भने मैले जान्याछु । म टेलिभिजनले भनेका सप्पै कुरा बाबालाई भन्दिन्छु ।

रजनी आमाले सधैँ होम वर्कका लागि गरिरहेको कचकचबाट आजित भएकी रहिछन् । र त टेलिभिजनमा यस्तो समाचार आउनेबित्तिकै उनले मौका छोपेर आमालाई हकारिन् । मौकामा चौका हानिन् र बाबाको धाक पनि एकैसाथ लाउन भ्याइन् उनले ।

राजु पनि के कम ? टेलिभिजन र बहिनीका कुरा एकसाथ सुनेपछि ऊ पनि मम्मीतिर फर्केर गर्जिन थाल्छ । हो भन्या मम्मी सधैँ हामीलाई होम वर्क गरेन भनेर गाली गरिर’नु हुन्छ । होम वर्क नसिध्याई एकछिन खेल्न पनि दिनु हुत्र । हामीलाई गाली गर्‍या’स्तो नेताहरूलाई गाली गर्न सक्नु हुन्छ हजुर ? तिनका अगाडि गएर बेलामा होम वर्क गर भत्र सक्नु हुन्छ ? हामीलाई जस्तो कुटुँलाझैं गरी हपार्न सक्नु हुन्छ तिनलाई ? अबदेखि होम वर्क गरेन भनेर हामीलाई गाली गर्नु भो भने म पनि बाबालाई भन्दिन्छु । अनि खुच्चिङ ! हजुरलाई बाबाले कस्तो गाली गरिसिन्छ ।

भरखर चार र पाँचमा पढ्दै गरेका छोराछोरीको कुरा सुनेर रमिता छक्क परिन् । नपरून् पनि किन ? तिनले यसो भन्लान् भत्रे अलिकति पनि सोचेकी थिइनन् उनले । सन्दर्भ पनि कति ट्वाक्क मिला’का मोराहरूले । गाली नगरूँ बिगे्रलान् भत्रे डर, गाली गरूँ तिनका तर्कको चित्त बुझ्दो जवाफ आफूसँग छैन । रनभुल्लमा परिन् रमिता । अनि मनमनै सोचिन्, मसिना बालबच्चालाई समेत बिगार्ने भए यी नेता भनाउँदाहरूले ।

कुत्रि किन हो, आज भुराहरूलाई धेरै दच्काउने आँट आएन रमितालाई । भुराका तर्कको जवाफ अझै तयार गर्न सकिरहेकी छैनन् उनी । भुराहरू आमासँग वार्तामा आफ्नो जीत भएको सम्झेर ढुक्कसँग टेलिभिजनमै रमाइरहेछन् । कुन च्यानल वा कार्यक्रम हेर्ने भत्रेमा दाजुबहिनीका बीच बेलाबखत क्षणिक कचिङ्गल भइरहे पनि उनीहरू एक आपसमा मिलेरै टेलिभिजन हेरिरहेछन् । छुट्टै किसिमको आनन्दमा रमाइरहेछन् । तिनको आनन्दको मापन जो कोहीले गर्न सत्तैmनन् यतिखेर ।

समाचारको क्रम फेरि अगाडि बढ्यो । मन्त्रिपरिषद् बैठक आज पनि बस्न सकेन । विषयवस्तु माथिको गहन छलफलका लागि अभैm होम वर्क गर्नु पर्ने देखिएकाले होम वर्क पूरा गरी अर्को बैठक छिट्टै बस्ने जानकारी सरकारका प्रवक्ताले दिए । यसै गरी सभासद्हरूले आफ्नो होम वर्क पूरा गर्न नभ्याएकाले आज बस्ने भनिएको व्यवस्थापिका संसद्को बैठक पनि पर्सिका लागि सारिएको जानकारी संसद् सचिवालयले दिएको छ ।

टेलिभिजनको यो समाचारले पनि रजनी र राजु दुवैको ध्यान एकैसाथ खिच्यो । मम्मी ! मम्मी ! सरकार भनेको को हो ? उसले पनि त होम वर्क गरेको रहेनछ नि । अनि हजुरहरूले अस्तिन चुनाव छ भन्दै गएर भोट हालेका सभासद्हरूले पनि खोई त आफ्नो होम वर्क गरेको ? आफ्नो होम वर्क पनि नगर्नेहरूलाई किन छात्रुभा ? ल सुत्रुस् समाचार । उनीहरू एकसाथ चिच्च्याए । अब होम वर्क गरेर मात्र कुत्रि केकेको बैठक बस्ने भनेका छन् । कस्ता अल्छी मोराहरू । आपूmले गर्नुपर्ने होम वर्क पनि बेलैमा नगर्ने ? हाम्रो मम्मीको फेला परेका भए तिनले थाहा पाउँथे, होइन त मम्मी ? दाजुबहिनी दुवै खितित्त हाँसे । मम्मीलाई उडाउन पाएकामा उनीहरू दुवै दङ्ग देखिन्थे । उनीहरूका मम्मी रमिताचाहिँ बालकहरूको आजको यो लीला देखेर मनमनै उदेक मानिरहिथिन् । कसले सिकायो यिनलाई यस्ता कुरा ?

रमिताको एक मनले भनिरहेथ्यो- कहिल्यै समाचार नहेर्ने/नसुन्ने यिनले आज कहाँबाट कसरी यो टेलिभिजनको समाचारमा ध्यान दिएर मलाई उल्लु बनाउने मौका छोपे ? यिनले भन्ठानेका छन् यिनीहरूको जस्तै होम वर्क हुन्छ सबैको, आजको भोलि लगेर स्कुलमा मास्टरलाई बुझाउने । के भत्रू यिनलाई ?

फेरि उनको अर्को मनले भन्दै थियो- कुरा यिनको पनि बेठिक कहाँ हो र ? आखिर होम वर्क भनेको होम वर्क नै हो नि । गर्नु पर्ने होम वर्क त जसले पनि बेलैमा गर्नु पर्‍यो नि । मन्त्री हुन् कि सभासद् । कि होम वर्क नै भत्रु भएन, होइन भने बेलैमा गर्नु पर्‍यो नि आफ्नो होम वर्क त ।

राजु र रजनीलाई आज समाचार सुत्रे रन्को चढेको छ । कतै आफ्ना मम्मीलाई फेरि पनि उल्लु बनाउन पाइन्छ कि भनेर उनीहरूको ध्यान समाचार सुत्रमै केन्द्रित छ । विदेशी समाचारको शृङ्खला शुरु गर्‍यो टेलिभिजनले । नभन्दै उनीहरूले खोजे जस्तै समाचार भट्ट्याउन थाल्यो त्यो टेलिभिजन । उनीहरू फेरि पनि एकाग्र भएर त्यो समाचार सुत्रमा तल्लिन भए । टेलिभिजन भन्दै थियो- … विद्रोहीहरूसँगको द्विपक्षीय वार्ता आज पनि सफल हुन सकेन । दुवै तर्फबाट आ-आफ्नो होम वर्क पूरा गरेर बैठक फेरि एक हप्तापछि बस्ने तय भएको छ ।

यो समाचार सुन्ने बित्तिकै समाचारका विषयमा बताएर मम्मीलाई फेरि पनि उल्लु बनाउन राजु मम्मी भएतिर दौडियो । रजनीले उनलाई बीचैमा रोकिन् र भत्र थालिन्- दाइ ! दाइ ! यो टेलिभिजनले त जसले होम वर्क नगरे पनि ठ्याक्कै थाहा पाएर सप्पैलाई भनिदिँदोरहेछ । हामीले पनि आज होम वर्क गरेका छैनौँ । हामीले होम वर्क नगरेको समाचार पनि यसले सप्पैलाई भनिदियो भने त लाजै मर्नु हुन्छ भोलि स्कुलमा । सरले के भत्रु हुन्छ होला ? साथीभाइले कति गिज्याउलान् हकि ? भो अब टेलिभिजन बन्द गर्दिऊँ र होम वर्क गरौँ । हुत्र दाइ ? बन्द गरिदिएपछि यसले हामीलाई देख्तैन, अनि खुच्चिङ ।

रमिता ढोकाका आडबाट अघिदेखि आफ्ना यी कलिला छोराछोरीका कुरा निकै चाख मानेर सुन्दै थिइन् । तिनका पछिल्ला कुराले उनका मनमा अझै चसक्क छोयो । यी बच्चालाई जत्तिको मात्र लाज पनि अरू ठूलाठालु भनाउदालाई हुने भइदिए बेलैमा कत्ति काम सकिन्थ्यो कत्ति ? क्या’र्नु ! सुत्रेले नसुन्दिएपछि र बुझ्नेले नबुझ्दिएपछि ।
(युवामञ्च, २०७२ असार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x