साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुम्रेको डायरी

“ए जुम्रे पोइ ! काममा गएको खोई ? बेस्कन धोकेर आयौ, मेरो इज्जत लिलाम गर्यौ । हैन, कत्ति महाभारत रचेर हैरान पार्छौ ?”

Nepal Telecom ad

कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु ।

केही बेर उसकै इसारामा चल्ने यन्त्र बनिदिन्छु । एक-डेढ घण्टामै ५-७ हजार रित्याउँछु । साहुनीले गलहत्याएर बाहिर निकाल्दिन्छे ।

नसा नासिँदै गएपछि मन साह्रो बनाउँदै जान्छु । क्रोधले बटारिँन पुग्छु । मुर्मुरिँदै घर फर्कन्छु ।

र, नानाभाँतीका अवगाल छिक्दै स्थायी प्रमाणपत्र प्राप्त श्रीमतीको मति उदण्ड पारिदिन्छु । सकुँञ्जेल थिच्छु । नसक्दा उसैबाट थिचिन्छु । जोईपोइको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा छाडिदिन्छु ।

भोलिपल्ट टाउको कन्याउँदै उठ्छु । उठ्नै नसक्ने गरी शरीर दुखेको पाउँछु ।

श्रीमतीको आवाज सुन्छु- “ए जुम्रे पोइ ! काममा गएको खोई ? बेस्कन धोकेर आयौ, मेरो इज्जत लिलाम गर्यौ । हैन, कत्ति महाभारत रचेर हैरान पार्छौ ?”

सिर्जनाकुटी, गोलबजार, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x