साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना

दाज्यू बैनी सराबरी प्याण्ट लाउने जमाना आयो । अघिल्तिरबाट हेर्दा युवती पछिल्तिरबाट हेर्दा युवक देखिने फेसनले हामीलाई ग्रस्त पार्‍यो ।

Nepal Telecom ad

युग बदलियो ।
सबै भन्छन् जमाना नयाँ आयो । बूढ़ापाका भन्छन्, पश्चिमी सभ्यताले हाम्रो संस्कार संस्कृति सखाप पार्‍यो । साँच्चै हाम्रो समाज आँखा चिम्लेर पश्चिमी सभ्यताको नकल गर्न सिपालु भएको छ । रहन-सहन, उठबस, लाउनु खानुमा पश्चिमी सभ्यताको जगजगी छ ।

सबभन्दा पश्चिमी फेसनले हाम्रा युवा-युवतीलाई लट्याएको छ । यो फेसन पनि परिवर्तनशील छ । एक जमानामा बिटल्स (त्जभ द्यभबतभिक)को जगजगी थियो । लामा लामा कपाल पालेर हातमा एउटा गिटार लिएर माथि डाँड़ामा बसी अलिकति झ्याङ्-झ्याङ पार्‍यो कि बिटल्स भइहाल्ने देसानले हाम्रा युवाहरूलाई भेटेकै हो एक समय । त्यसपछि मिनी स्कर्ट लाएर बजारबिचमा तिघ्रा देखाउने युवतीहरू जन्मिए । जमाना बदलिँदै गयो… टाइट फिटिङ लाउने युवतीहरूको जमात देखियो । भूइँमा अचानक केही खसे त्यो टिप्न घोप्टिँदा वा निहुरिँदा बजार बिचमा टाइट फिटिङ ह्वार्रै फाटेको दृश्य देख्नेहरू धेरै थिए । त्यतिबेला एउटा गीत निकै प्रचलित थियो-
रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो ।
साइँला दाइ आय्या..या,
आकका सान नानी ।

टाइट फिटिङको बजार चम्केको बेला यसै गीतको प्यारोडीले बजार पिटेको थियो –
रिटिङ रिटङ नलगाऊ टाइट फिटिङ
टाइट फिटिङले मन मेरो लोभ्यायो
साइँला दाइ आय्या या…
आक्काका सान नानी ।

त्यसपछि जमाना आयो गुन्यूँ छोटो लाउने तर पेटिकोट (साया) लामो लाउने । हामीले गुन्यूँ छोटो र साया लामो लाएर आफूलाई सभ्य नारी देखाउने प्रयास गर्‍यौं । त्यतिबेला सायोनाराको गीत खूब प्रचलित थियो…
सायोनारा सायोनारा
वाधा निभाउँगी सायोनारा….

यसैको पेरोडी यसरी बनियो-
साया लामो गुन्यूँ छोटो
बैनीको ब्यागमा मेरो फोटो ।

दाज्यू बैनी सराबरी प्याण्ट लाउने जमाना आयो । अघिल्तिरबाट हेर्दा युवती पछिल्तिरबाट हेर्दा युवक देखिने फेसनले हामीलाई ग्रस्त पार्‍यो ।

उहिले हामीले फाटेको लुगाफाटा लाउनै नमान्ने । कतै फाटेको लुगा लाउनु परे हामी घरदेखि बाहिर निस्किन नमान्ने । जमाना बदलियो… अचेल जताततै फाटेको लुगा लाएर हिँड्ने भने असभ्य भनी मागिन्छ । नारी जातिको अङ्ग जति ढाक्न सकिन्छ उति सभ्य, संस्कारित ठानिन्थ्यो उहिले । अहिले च्यातिएको लुगा लाएर गोप्य अङ्ग प्रदर्शन गर्ने होड़बाजी पो चलेको देखिन्छ । भविष्यमा अब के के च्यातेर हिँड्ने हो त्यो जमानाले नै बताउला ।

भनिन्छ, जमानासित चल्नुपर्छ तर आफ्नो गोप्य अङ्गहरू प्रदर्शन गरेर हिँड्नु असभ्यता मात्र होइन कुसंस्कारको लक्षण हो ।

हाम्रो कति राम्रो पहिरन छ । चौबन्दी फरिया, साड़ी । भानुजयन्ती, फूलपाती शोभायात्रामा मात्रै एकदिन चौबन्दी फरिया पहिरियो अनि अरु दिन आफ्नो अङ्ग प्रदर्शन गर्दै फाटेको वा च्यातिएको लुगा पहिरिएर हिँड्नु अवश्यै पनि राम्रो लक्षण होइन ।

ठिकै हो । जमानासित हिँड्नुपर्छ । तर जमानासित हिँड्नु पायो भन्दैमा आफ्नो इज्जत, संस्कार संस्कृति मास्नु कुलक्षणकै सङ्केत हो भन्ने मलाई लाग्दछ ।

०००
खोलाचन्द फाप्री, जलपाइगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x