साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनोस्, लैजानोस्

यसरी बिक्री गर्न हामीलाई केही नाफा छैन नाफा त परै जाओस् साउँ समेत उठ्दैन माल नक्कली छैन ढुक्कभएर लैजानोस् छानी छानी लैजानोस् ।

Nepal Telecom ad

आउनोस् ! आउनोस्
रोबोट तयार छन्
जस्तो जस्तो चाहिन्छ
छानी छानी लैजानोस्
भने जस्तै, चाहेजस्तै छन् ।

के चाहिन्छ ?
डाक्टर ? नर्स ? पाइलट ?
इन्जिनियर, कुल्ली, कृषक
घरेलु कामदार ? भान्छे ?
के चाहिन्छ हेर्नोस्
आफूलाई जे चाहिन्छ
छानी छानी लैजानोस् ।

सामान खूब राम्रो छ
कच्चा माल सबै हाम्रै हो
कारखाना यहीँ छ
हेर्न सक्नुहुन्छ, हेर्नोस्
जाँच्नोस्, लैजानोस् ।

ढुवानी खर्च पनि
हामी नै दिन्छौँ
अनि
वारेन्टी पनि पूरा
एक वर्षको छ ।

हाम्रो समाजमा
शंका मान्नु पर्दैन
सगरमाथा जस्तै
ए वन छ,
ढुक्क भएर लगे हुन्छ ।

हो, अलि दिन
तालिम दिनुहोस्
अनि निर्धक्क बस्नुहोस्
सत्य सत्य मैले
ढाँटेको छैन
तपाइँलाई चाहिए
तालिम खर्च पनि
हामी नै दिन्छौँ
बीमा गराएर
कुरियरबाट पठाउँछौँ
कामै नलाग्ने जस्तो
देख्नु भए
फर्काउन सक्नुहुन्छ
तर आजसम्म
कसैले फर्काएको छैन ।

अहिले यसको प्रयोग
विश्वभर फैलिएको छ
देश विदेशबाट माग झन्झन्
बढेको छ
तयार गर्न
भ्याइ नभ्याइ
भएको छ ।

हेर्नोस्
हामीलाई
बढ्ता भएर हैन
नचाहिएर पनि हैन
अहिले हामी
आपतकालमा छौँ
यसै राखे खिया लाग्ला
भुत्ते होला भनेर
मात्र हो ।

आउनोस्, आउनोस्
छानी छानी लैजानोस्
मौका आउँछ
पर्खिदैन ।

यसरी बिक्री गर्न
हामीलाई केही नाफा छैन
नाफा त परै जाओस्
साउँ समेत उठ्दैन
माल नक्कली छैन
ढुक्कभएर लैजानोस्
छानी छानी लैजानोस् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साउदी जा !

साउदी जा !

डा. गार्गी शर्मा
नागरिकता

नागरिकता

डा. गार्गी शर्मा
केही टुक्रा कविता

केही टुक्रा कविता

डा. गार्गी शर्मा
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x