साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साउदी जा !

फ्याँकिदे सुजेरो अन्तनु फ्याँकिदे भुत्ते सियो । कति दुःख गर्छस्, जा बरू साउदी हामी मिलाई दिन्छौं जा अमेरिका हामी भुटानी हुन् भनिदिन्छौं ! तँ पनि अघाउँछस् हामी पनि अघाउँछौं ।

Nepal Telecom ad

डा. गार्गी शर्मा :

बिसे नगर्ची- जदौ हजुर
स्वागत छ
हाम्रो गोरखाको आँगनमा !

आगन्तुक- सञ्चै छस् बिसे ?
बिसे- यस्तै छ हजुर !
बरु हजुर दशैँ आयो
दौरा सुरुवाल
सिउने कि !
सुजेरो नफोएको
धेरै भो
सियो पनि
भुत्ते भएछ
अन्तनुमा
खिया लागेछ !
सिइदिउँ कि हजुर
एक जोर दौरा सुरुवाल !

आगन्तुक- कस्तो कचकचे
बिसे तँ ?
अन्धो होस् कि कानो
तेरो दौरा तैँ लगा !
हामी लाउँछौँ
सुट अनि बाँध्छौँ
टाइ, देखिस्
हामी दशैँ मान्दैनौं
टीकाटालो गर्दैनौ
दौरा सुरुवाल लाउँदैनौं ।

बिसे नगर्ची- त्यसो भए हजुर
टोपी सिइदिउँ कि ?
आगन्तुक- देखिनस् !
हामी कस्ता छौँ ?
हामीलाई टोपी होइन
क्याप चाहिन्छ
ह्याट चाहिन्छ ।
भो अब ! जदौ सदौ हैन
नमस्कार भन्ने गर
फ्याँकिदे सुजेरो अन्तनु
फ्याँकिदे भुत्ते सियो ।
कति दुःख गर्छस्,
जा बरू साउदी
हामी मिलाई दिन्छौं
जा अमेरिका
हामी भुटानी हुन्
भनिदिन्छौं !
तँ पनि अघाउँछस्
हामी पनि अघाउँछौं ।
अकुत कमाएर
गाउँमा राज गर्लास्
नसके पनि
बाकसमा बसेर
सिधै स्वर्ग पुग्लास्
जा साउदी
हामी मिलाई दिन्छौँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिकता

नागरिकता

डा. गार्गी शर्मा
केही टुक्रा कविता

केही टुक्रा कविता

डा. गार्गी शर्मा
आउनोस्, लैजानोस्

आउनोस्, लैजानोस्

डा. गार्गी शर्मा
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x