साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साउदी जा !

फ्याँकिदे सुजेरो अन्तनु फ्याँकिदे भुत्ते सियो । कति दुःख गर्छस्, जा बरू साउदी हामी मिलाई दिन्छौं जा अमेरिका हामी भुटानी हुन् भनिदिन्छौं ! तँ पनि अघाउँछस् हामी पनि अघाउँछौं ।

Nepal Telecom ad

डा. गार्गी शर्मा :

बिसे नगर्ची- जदौ हजुर
स्वागत छ
हाम्रो गोरखाको आँगनमा !

आगन्तुक- सञ्चै छस् बिसे ?
बिसे- यस्तै छ हजुर !
बरु हजुर दशैँ आयो
दौरा सुरुवाल
सिउने कि !
सुजेरो नफोएको
धेरै भो
सियो पनि
भुत्ते भएछ
अन्तनुमा
खिया लागेछ !
सिइदिउँ कि हजुर
एक जोर दौरा सुरुवाल !

आगन्तुक- कस्तो कचकचे
बिसे तँ ?
अन्धो होस् कि कानो
तेरो दौरा तैँ लगा !
हामी लाउँछौँ
सुट अनि बाँध्छौँ
टाइ, देखिस्
हामी दशैँ मान्दैनौं
टीकाटालो गर्दैनौ
दौरा सुरुवाल लाउँदैनौं ।

बिसे नगर्ची- त्यसो भए हजुर
टोपी सिइदिउँ कि ?
आगन्तुक- देखिनस् !
हामी कस्ता छौँ ?
हामीलाई टोपी होइन
क्याप चाहिन्छ
ह्याट चाहिन्छ ।
भो अब ! जदौ सदौ हैन
नमस्कार भन्ने गर
फ्याँकिदे सुजेरो अन्तनु
फ्याँकिदे भुत्ते सियो ।
कति दुःख गर्छस्,
जा बरू साउदी
हामी मिलाई दिन्छौं
जा अमेरिका
हामी भुटानी हुन्
भनिदिन्छौं !
तँ पनि अघाउँछस्
हामी पनि अघाउँछौं ।
अकुत कमाएर
गाउँमा राज गर्लास्
नसके पनि
बाकसमा बसेर
सिधै स्वर्ग पुग्लास्
जा साउदी
हामी मिलाई दिन्छौँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिकता

नागरिकता

डा. गार्गी शर्मा
केही टुक्रा कविता

केही टुक्रा कविता

डा. गार्गी शर्मा
आउनोस्, लैजानोस्

आउनोस्, लैजानोस्

डा. गार्गी शर्मा
0
Would love your thoughts, please comment.x
()
x