साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही टुक्रा कविता

फेरियो राष्ट्रको नक्सा बनाएँ सुनको घर, चाहे जस्तै म गर्दैछु यो गणतन्त्र देश छ, चाहिन्न प्रहरी कोही चाहिँदैन अदालत, बन्न इच्छा भयो पूर्ण हातहातै लुटतन्त्र छ ।

Nepal Telecom ad

१.
विवेक बेचेर के भो अभिमान नबेचौँ
बलियाको राजलाई अघि बढ्न नरोकौँ
ठूला माछा नभोकाउन रगत दिन नछोडौँ
शोषणको स्वणर्भूमि हाम्रो देश नबिर्सौं ।

२.
चौतर्फ हत्या हिंसा फैलाई शान्तिको गीत गाऔँ
बम बारुद ओछयाई विकासको नारा फलाकौँ
राष्ट्र शान उडाएर सभ्य समाज फुलाऔँ
भ्रष्ट नीति फिँजाएर आफ्नो विजयगीत सुनाऔँ ।

३.
जता हेर्‍यो उतै नारा सुन्ने बुझ्ने खोई कसको
सबैको आआफ्नै डम्फु छ बज्ने खोई कसको
चुनावको लहड के आयो सबै छन् सज्जन
कुर्सी र पदको कुरा आए सबै कौरव पाण्डव ।

४.
राष्ट्रको ढुकुटी खोल्यौँ भागबण्डा लगाउन
मन्त्रालय सबै हाम्रो काम भो सजिलो अब
ठूलो भाग नपाएमा पड्किन्छ बम बारुद
जो सोच्दछु गरी छोड्छु पर्खिन्न भोलिका दिन ।

५.
फेरियो राष्ट्रको नक्सा बनाएँ सुनको घर
चाहे जस्तै म गर्दैछु यो गणतन्त्र देश छ
चाहिन्न प्रहरी कोही चाहिँदैन अदालत
बन्न इच्छा भयो पूर्ण हातहातै लुटतन्त्र छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साउदी जा !

साउदी जा !

डा. गार्गी शर्मा
नागरिकता

नागरिकता

डा. गार्गी शर्मा
आउनोस्, लैजानोस्

आउनोस्, लैजानोस्

डा. गार्गी शर्मा
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x