साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्खाल भित्रका दरवार

दरवार र राजा दुबै नजरानाका बन्दी, घरानाका बन्दी, आसेपासेका बन्दी सान सौकतका बन्दी, जालझेलका बन्दी, द्रव्य दौलतका बन्दी, शाखा सन्तानका बन्दी, पर्खाल भित्र घेराबन्दी ।

Nepal Telecom ad

अग्ला पर्खालहरूका
चार घेरा र दिवारहरूमा
पालेहरूका पहरामा
बन्दुकका नाल तेस्र्याई
काँडे तारहरूले घेराई
बन्दी हुन्छन् दरवारहरू ।

बन्दी दरवारमा
राजाहरू बस्छन् भरमारमा
पर्खालमा दरवार बन्दी
दरबारमा राजा बन्दी
हावा छिर्दैन
मान्छे पस्दैन
विवेक बस्दैन
पसे विवेक पछारिन्छ
पसे विवेक मारिन्छ
विवेक निचोरिन्छ
विवेक चिथोरिन्छ ।

भुइँमान्छे झन पस्नै सक्दैन
सिफारिस चाहिन्छ
जो कोहिलाई कहाँ पाइन्छ ?
पस्न दरवारमा
जान्दैन भुइँमान्छे
खान्की दरवारको
बान्की दरवारको ।

भुइँ मान्छेले छाप लगाई
जनराजा बनाई
दरवार छिराएका नवराजालाई
भूपतिका नामले
पुज्छन् भक्तहरू
घुम्छन् वरिपरी शाक्तहरू
भाकल गर्छन्
बोका बली दिन्छन्
परदेश निर्मित अमृत जल छर्किन्छन्
अन्धा बनाउन
नवराजाहरूलाई दरवारमा ।

जन निर्मित राजाहरू
कहाँ देख्छन् जनहरू
कहाँ फिर्छन् मनहरू
भुइँ मान्छेका मतमा
अस्थायी भक्त पसेपछि तनमा ।

पाले पहरेहरूका सुरक्षामा
पस्दा पटक पटक भित्र
अन्धो हुन्छ मान्छे दरवार पसेपछि
विजयको अविर घसेपछि ।

पर्खालमा दरवार बन्दी
दरवारमा राजा बन्दी
दरवार र राजा दुबै
नजरानाका बन्दी
घरानाका बन्दी
आसेपासेका बन्दी
सान सौकतका बन्दी
जालझेलका बन्दी
द्रव्य दौलतका बन्दी
शाखा सन्तानका बन्दी
पर्खाल भित्र घेराबन्दी ।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x