साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिकता

सच्चा नागरिकतामा बेग्लै निशानी हुनुपर्छ जेल नेल खाएको परिचय हुनुपर्छ । म सधैं सम्झाउँछु यस्तो नागरिकता लिन आन्दोलनमा साथ देऊ आन्दोलन मच्चाऊ राँके जुलुस चम्काऊ

Nepal Telecom ad

डा. गार्गी शर्मा :

हजुर !
उसलाई जागिर चाहियो रे.
काम मामको ढोका खोलिनु बच्यो रे ।
तर, हजुर !
उसँग नागरिकता छैन
नागरिकता नभई
कसरी जागिर पाउँछ ?
हामीले के सहयोग गर्न सक्छौ ?

हो हजुर
नागरिकताको नाममा
उसँग एउटा खोस्टो छ
त्यही लिएर

कता कता जान्छ
घरि घरि हामी कहाँ आउँछ
आखिर जहाँ गए नि
चाहिँदो खालको छैन ॥

नागरिकता नभई
कसैले सहयोग
गर्न सकिन्न ॥

मेरो नागरिकता
यही त हो भन्दै
उही खोस्टो देखाउँछ

हुन त त्यसमा
विशेष अफिसको छाप छ
अफिसरको सही पनि छ
उसको जन्ममिति छ
नेपाल आमाको माटोमा
जन्मेको ठेगाना छ ।
उसकी आमाको नाम छ
बाबाका नाम छ, थर छ
परिचय छ
तर यतिले मात्र कहाँ हुन्छ ! ?

काम माम पाउने खालको
नागरिक बनेकै छैन
उसँग नागरिकता नै छैन ।

सच्चा नागरिकतामा
बेग्लै निशानी हुनुपर्छ
जेल नेल खाएको
परिचय हुनुपर्छ ।
म सधैं सम्झाउँछु
यस्तो नागरिकता लिन
आन्दोलनमा साथ देऊ
आन्दोलन मच्चाऊ
राँके जुलुस चम्काऊ
नारा घन्काउँदै टायर बाल
दुई चार सवारी
जलाऊ ।
नागरिकता सजिलै पाउँछौ
देशभक्त नागरिक बन्छौ
जे काम गर मालामाल हुन्छौ
झुपडीमा हैन, महलमा पुग्नेछौ ।
एकोहोरो भेडो रहेछ
कुरै बुझ्दैन
कुनै झण्डाभित्र
छिर्नै खोज्दैन
देशभक्त नागरिक बन्न
प्रयासै गर्दैन, गर्दै गर्दैन ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साउदी जा !

साउदी जा !

डा. गार्गी शर्मा
केही टुक्रा कविता

केही टुक्रा कविता

डा. गार्गी शर्मा
आउनोस्, लैजानोस्

आउनोस्, लैजानोस्

डा. गार्गी शर्मा
0
Would love your thoughts, please comment.x
()
x