साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाड़ी र डगी

डगी तपाईंको हो तर तपाईंको डगीले मल अनलोड गर्ने मेरो घरको अघिल्तिर, फाटक वा भुइँ कदाचित् तपाईंको होइन । डगी पाल्नोस् तपाईंको हबी । वा पर्सनालिटी । तर डगी पालेर मर्निङ वक गर्ने निहुँमा कसैको घरअघि कृपया मैला नथुपारी दिनुहोस् ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

हाम्रो चालामाला, रहन-सहन गजबै भएको छ हिजोआज । उहिले घरमा गाई पालिन्थ्यो । कुखुरा पालिन्थ्यो । हिजोआज फ्ल्याटै फ्ल्याटै फल्याटै मिचिसकेको छ । अब गाई कुखुरा होइन, गाड़ी र कुकुर राख्ने रहरले मिचेको छ हाम्रो गाउँ-घरलाई ।

गाड़ी चाहिन्छ ? कुन कुन ब्राण्डको गाड़ी चाहिन्छ । गाड़ीको दलाली गर्नेसित सम्पर्क राख्नोस्, भोलि नै तपाईंको घरको सङ्घारै अघि जस्तै रङको पनि गाड़ी आइपुग्छ । बस महिनैपिच्छे इन्सटलमेण्ट बुझाउनुपर्‍यो । उहिलेजस्तो गाड़ी किन्नलाई क्याटका क्याट नोट एकैपल्टमा बुझाउनु पर्दैन । सामान्य प्रतिशत तिर्नुहोस् बस् गाड़ी तपाईंको घरमा ।

छिमेकीको देखासिकीमा वा आह्रिस गरेर गाड़ी किन्ने हामीलाई देशान लागेको छ । पल्लोपट्टिकाले गाड़ी किन्नु अनि वल्लोपट्टिको गाड़ी नकिन्नु कहाँ भयो ? प्रेष्टिज पङ्चर हुन्छ । प्रेष्टिजकै निम्ति पनि जसोतसो ऋणपान गरेर, के के बन्दगी राखेर गाड़ी आउनैपर्छ । तब मात्र छिमेकीसित कुम दजाउँन मज्जा आउँछ । प्रत्येकको घरमा गाड़ी हुनु असल हो । तर छिमेकीको देखासिकी घरमा ल्याएको गाड़ी इन्सटेलमेण्ट तिर्न नसकेर क्रेनले तानेर लगेको नराम्रो हो ।

गाड़ी क्रेनले तानेर लैजावोस् कि ट्याक्स तिर्न नसकेर सास्ती भोग्नु परोस् त्यसको कुनै वास्ता नगरी हामी गाड़ी किन्छौं ।

इन्सटलमेण्टमा ल्याएको गाड़ी त गाड़ी भइगयो । तर हिजोआज हामी प्रत्येकलाई दामी महङ्गो कुकुर पाल्ने देशानले भेटेको छ । पल्लो घरकाले कुकुर ल्यायो त्यसको भन्दा दामी कुकुर म पनि किन नपाल्नु ? के म कुकुर किन्न सक्तिनँ ? माफ गर्नुहोला । कुकुर होइन डगी… । तपाईंको घरमा मात्रै डगी हुने ? मेरो चाहिँ नहुने ?

तपाईं फेरी फेरी गाड़ी किन्नुहोस् वा महङ्गोभन्दा महङ्गो दामको डगी ल्याउनुहोस् । मेरो भन्नु केही छैन । गाड़ी तपाईंको डगी तपाईंको । तपाईं भन्नुहुन्छ होला, माई पोपर्टी माई विस । हो हजूर, तपाईं गाड़ीका मालिक डगीका मालिक । तपाई कति महान् ।

तर हजूरले मर्निङ वक जाँदा साथमा तपाईंको प्रिय डगीलाई पनि वकमा लानुहुन्छ । साङ्लोमा बाँधिएको डगीले तपाईंलाई जता तान्छ तपाईं उतै उतै लाग्नुहुन्छ । तपाईंले साङ्लोमा बाँधिएको डगीलाई आफू खुसीले तानेर तपाईंले चाहेको ठाउँमा लानु सक्नुहुन्न । मलाई त लाग्छ, मर्निङ वकमा तपाईंको डगीले तपाईंलाई घिसारेको देख्दा हाम्रा नेतालाई अरुनै महामहिम नेताले घिसारेको जस्तो लाग्छ ।

मैले भन्दैथिएँ… डगी तपाईंको हो । तपाईंको डगीले मेरो घर अघि नै उनको सामग्री अऩलोडक गरेको चाहिँ अलिक सुहाएन है । तपाईंको डगीले के भनेर त्यसको सामग्री मेरो घर अघि अनलोड गर्ने ? मेरो डगीले पनि तपाईंको घरको मूल फाटकमै त्यसको मल अनलोड गऱेको छ र तपाईंले त्यसलाई क्याच्चै पार्नुभो भने ? थाहा छ हजूर, विदेशमा पनि डगी पालिन्छ । उनीहरू पनि तपाईंजस्तै मर्निङ वकमा डगी लिएर जान्छन् ठिक तपाईंजस्तै । तर याद गर्नुभएको छ हजूर ? उनीहरूले जहिले पनि एउटा सानो प्लाष्टिक बोकेका हुन्छन् । जहाँ कतै पनि उनको डगीले मल त्याग गरे तुरुन्तै त्यस मललाई सोहोरी प्लाष्टिकमा हाली ठाउँ-ठाउँमा नगरपालिकाले राखिदिएको विराट विराट डस्टबिनमा राखिदिन्छन् । के तपाईंले मेरो घर अघि आफ्नो डगीले अनलोड गरेको मल सोहोरेर प्लाष्टिकमा हाली डस्टबिनमा फ्याँकिदिनुहुन्छ ? नेभर… ! कदाचित त्यसो गर्नुहुन्न । डगी तपाईंको हो तर तपाईंको डगीले मल अनलोड गर्ने मेरो घरको अघिल्तिर, फाटक वा भुइँ कदाचित् तपाईंको होइन । डगी पालेर मैँ हुँ भन्ने धाक देखाएर मात्र होइन डगीको मलत्याग गर्ने ठाउँ पनि अरुको घरको अघिल्तिर होइन भन्ने कुरो हजूरले बुझ्नुपर्छ ।

यसकारण गाड़ी किन्नुहोस् तपाईंको मर्जी ।
डगी पाल्नोस् तपाईंको हबी । वा पर्सनालिटी ।
तर डगी पालेर मर्निङ वक गर्ने निहुँमा कसैको घरअघि कृपया मैला नथुपारी दिनुहोस् ।

०००
जलपाइगुड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x