साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको दिलमा घामै लागेन !

आज ! म काम गर्न खाडी पुगेको छु, उसको छोरो मन्त्री भएको छ ! मेरी बुढी उसको घरमा भाँडा माज्दैछे, उसकी बुहारी नेता किनबेच गर्ने दलाल भएकी छे !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

हिजो !
हाम्रो बाले लाहुरे भैसी पाल्नु हुन्थ्यो,
उसका बाले दुध र घिउ खान्थे !
हाम्री आमाले खेतमा धान रोप्नु हुन्थ्यो,
उसकी आमाले भकारी भर्थिन् !
आज !
म मलेसियाको जंगलमा आरीले काठ चिर्दैछु,
उसको छोरो नेता भएर कमिसन सोहोर्दै छ !
मेरी बुढी खाडी देशमा खुनको आँसु चुहाउँदैछे,
उसकी बुहारी म्यानपावर कम्पनी चलाउदैछे !

हिजो !
हाम्रा बा खेत जोत्ने हली थिए,
उसका बा मुखिया, डाला डालामा रुपिया गन्थे !
हाम्री आमा मालिक्नीको सेवा गर्थिन्, गोठमा भकारो सोहोर्थिन्,
उसकी आमा, सुनको बुलाकी हल्लाउँदै धाक जमाउँथिन् !
आज !
म ड्राइभर भएको छु, गाडी चलाउँछु,
उसको छोरो ठेकेदार भएको छ जग्गाको दलाली गर्छ !
मेरी बुढी हिजो आमा जस्तै सुसारे भएकी छे, भान्छा चलाउँछे !
उसकी बुहारी लन्च, डिनर र पाटीमा रमाउँछे !

हिजो हाम्रा बा, परिवर्तनको कुरा गर्थे, जुलुस, नारा गर्थे,
उसको बा हाम्रा बाहरूलाई, गोली हान्ने आदेश दिन्थे !
मेरी आमा उसको घरमा काम गर्थिन्, गर्जो टार्थिन्,
उसकी आमा ऐशको जीवन बिताउँथिन् !
आज !
म काम गर्न खाडी पुगेको छु,
उसको छोरो मन्त्री भएको छ !
मेरी बुढी उसको घरमा भाँडा माज्दैछे,
उसकी बुहारी नेता किनबेच गर्ने दलाल भएकी छे !

परिवर्तनको बिरोधी पनि उही ! परिवर्तनको मालिक पनि उही !
हिजो लुट्ने पनि उही !
आज ठग्ने पनि उही !
हिजोको ठालु !
आजको नि ठालु !
तर जनताको लागि,
हिजो नि उस्तै उस्तै,
आज नि उस्तै !
सधैं कालो दिन !
जुन परिवर्तन आए पनि,
जनताको दिलमा घाम लागेन !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x