साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुराण लगाऊ ओ सरकार !

मुलुकै मात्र कङ्गाल रैछ जनता त धनी रान् दिनमै करोड पुराणमा दिने हेर क्या ज्ञानी रान् ती दीनबन्धु बाजेलाई डाक पर्वचन हाँक्नलाई पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

Nepal Telecom ad

भ्रमणको खर्च नसक्ने भयो मुलुकले धान्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

अस्पताल खोल्न एक पैसा पनि नझिक्ने जनता
पैसाको ओइरो-पोइरो लाउँछन् ‘पुराण’ भने ता
त्यसैले हेर ! विदेश भ्रमण खर्च कोष खोल्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

विदेश घुम्ने सरकारी ताँती क्या जम्बो हेर त !
कताको विकास बजेटले तिनलाई डुलाउँछौ सोच त !
त्यसैले हेर सल्लाह दिन्छु उपाय झिक्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

मुलुकै मात्र कङ्गाल रैछ जनता त धनी रान्
दिनमै करोड पुराणमा दिने हेर क्या ज्ञानी रान्
ती दीनबन्धु बाजेलाई डाक पर्वचन हाँक्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

पर्धान मन्त्री जनताको घरमा पनि त जानु छ
त्याँ पनि आउरे-बाउरे सबै उडाई लानु छ
खर्च त हुन्छ त्याँ पनि लाखौं त्यो खर्च धान्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

०००
२०६९ आश्विन ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x