सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुराण लगाऊ ओ सरकार !

मुलुकै मात्र कङ्गाल रैछ जनता त धनी रान् दिनमै करोड पुराणमा दिने हेर क्या ज्ञानी रान् ती दीनबन्धु बाजेलाई डाक पर्वचन हाँक्नलाई पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

Nepal Telecom ad

भ्रमणको खर्च नसक्ने भयो मुलुकले धान्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

अस्पताल खोल्न एक पैसा पनि नझिक्ने जनता
पैसाको ओइरो-पोइरो लाउँछन् ‘पुराण’ भने ता
त्यसैले हेर ! विदेश भ्रमण खर्च कोष खोल्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

विदेश घुम्ने सरकारी ताँती क्या जम्बो हेर त !
कताको विकास बजेटले तिनलाई डुलाउँछौ सोच त !
त्यसैले हेर सल्लाह दिन्छु उपाय झिक्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

मुलुकै मात्र कङ्गाल रैछ जनता त धनी रान्
दिनमै करोड पुराणमा दिने हेर क्या ज्ञानी रान्
ती दीनबन्धु बाजेलाई डाक पर्वचन हाँक्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

पर्धान मन्त्री जनताको घरमा पनि त जानु छ
त्याँ पनि आउरे-बाउरे सबै उडाई लानु छ
खर्च त हुन्छ त्याँ पनि लाखौं त्यो खर्च धान्नलाई
पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई ।

०००
२०६९ आश्विन ८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
मेरो यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म

मेरो यात्रा : धुलाबारीदेखि...

डा. गंगाप्रसाद अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

डा. गंगाप्रसाद अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला