साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

निष्प्रभावी बन्छन् सिद्धान्त सूत्र र परिभाषाहरू राजनीतिमा हजुर दुई दुने तीन अथवा पाँच हुन्छ ।

Nepal Telecom ad

१.
किम-ट्रम्पका सल्लाहकार छन् आबेका मीत काफी छन्
सिंहदरबार नचाउन एमसिसिका गीत सङ्गीत काफी छन्
दुख कष्ट नगर्नुस् कलाकारहरूले हसाउन यो गाइजात्रामा
दुनियाँ हसाउन यो सरकारका दुइथान पुरोहित काफी छन् ।

२.
हुनु नहुनु यही देशमा हुन्छ कम्तिमा आधारात घर्किएपछि
भान्साको जुठो चाटचुट पारेर बिरालो बासमा फर्किएपछि
मन्त्र निर्वाणका जप्दैछ अचेल रातो मुखुण्डोमा धुर्त स्याल
पुरोहित बनेका फ्याउराहरूले गङ्गाजल र गहुँत छर्किएपछि ।

३.
गफाष्टीले खगोलका तारा झार्ला नझार्ला सोच्दैछु
हुँडारले चेपुवामा रतुवालाई पार्ला नपार्ला सोच्दैछु
महन्त भेषमा देखिए जब नामूद खुँखार व्याधाहरू
चितुवाले पनि घाँसमा गुजारा टार्ला नटार्ला सोच्दैछु ।

४.
कहिले कत्थक र कहिले ताण्डव नाच हुन्छ
निभेको अगुल्टोलाई खरानीको पनि आँच हुन्छ
निष्प्रभावी बन्छन् सिद्धान्त सूत्र र परिभाषाहरू
राजनीतिमा हजुर दुई दुने तीन अथवा पाँच हुन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x