साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसैले सुइँको नपाओस् साइँला

बचाउँ भन्दा तेस्तो भो बाइमिस्टेक तर पीर नगर्नू सर्खारले अपराधीमाथि कारबाई गर्छ गर्छ हाम्रा जेन्जीले होइन त्यो पूरै घुसपैठ भा जस्तो छ अम्रिका पुगेर भा नि हामी पत्ता लगाएरै छोड्छौँ

Nepal Telecom ad

धुम्रलोचन शर्मा :

तेस्तो खाले कवित् नलेख्नू साइँला
तेसरी सिंहासनबाट खसेर धूलामा पछारिएको
भीडहरुबीच लछारिएको
अरुलाई नभन्नू साइँला
आफ्नो घरको कुरा अरुले सुनेर के भन्छन् ?
आफ़्नाले कसैको दुई चार घुस्सी
मायाले सहनु पर्छ
पोल्टिस हो एल्ले त भोलि फैदै गर्छ
जेल बसे पनि नेल कसे पनि सिंहासनको
फेरि पालो आउँछ साइँला
उफ्रेर भाग्दै बंकर पसे पनि
ब्यारेकमै लुकेर बसे पनि
बाटामा घिसारेको पानीमा पिसारेको
नदेखाउनू अरूलाई
नसुनाउनू अरुलाई
यो ता हाम्रै घरको कुरा हो साइँला
घरैमा मिलाउनु पर्छ
बाँचिएछ भने फेरि भेटौँला
होइन भने यत्तिमै धोका मेटौँला
अरुलाई नसुनाएस्
अलेली भ्रष्टाचारको कुरा
अलेली ठगीका कुरा
अलेली अपराधका कुरा
सिंहासनमा बसेपछि जाँ नि तेस्तै हुन्छ
ती घरैभित्र मिलाउनु पर्छ
घर सबै खरानी भए तर
पीर नगर्नू नि यो राष्ट्र हाम्रै घर हो
अलिक ज्यान धेरै मरे र तेस्मा पो दुख लाग्या छ
त्यो हाम्रो चाहना थिएन यो राष्ट्र
बचाउँ भन्दा तेस्तो भो
बाइमिस्टेक सत्ते होला
तर पीर नगर्नू
सर्खारले अपराधीमाथि
कारबाई गर्छ गर्छ
हाम्रा जेन्जीले होइन त्यो
पूरै घुसपैठ भा जस्तो छ
अम्रिका पुगेर भा नि हामी पत्ता लगाएरै छोड्छौँ
एक्जना ता उतै पठाइसकेका छौँ
यो हुल्दङ्गामा लर्दा
हाम्रा घुँडा खुस्काएछन् भने नि फेरौँला
तीँ थाइलेन्मा भैहाल्छ
यी तिघ्रा भाँचिए ता
त्यहीँ इन्डियामै फेर्च
तर यो राष्टै खुस्कियो भने के हुन्छ ?
हामी बाहेक कल्ले जोगाउँच ?
कल्ले यस्लाई फेरि बनाउँछ ?
चालीस बर्ष लर्दा यत्तिको पार्यौं
अब ता हाम्रो बीस मात्र बाँकी छ
त्यस्पछि झल्ना माकुने कोकोल्लाई चाइने आउन
ती ढुकिरान् नबिसाई
तर यी कुरा अरुलाई नसुनाएस् साइँला
होस गरेस् साइँला
ह्याँ अलिक घुस्पैट भा जस्तो छ
उत्तर पसो कि दक्खिन
तेसो ता अम्रिकै पनि हुन सक्छ
यो सुन्दर र शान्त देशको लोभले
लाखे लाखे साइँला !
सानातिना चोटपटकका
सडकमा घिसारिएका
बंकरमा पिसारिएका कवित् नलेख्नू साइँला
जोरीपारीले था पाउँछन्
घरको कुरा कसैले सुइँको नपाओस.
हामी समाप्तै भए पनि खबर अन्त नजाओस्।

०००
२६ असोज २०८२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गाम्नागे
गाम्नागे
6 months ago

😅😅😅😅

Nepal Telecom ad
ज्यामिरेले पनि नयाँ पाटी खोल्ने भो

ज्यामिरेले पनि नयाँ पाटी...

धुम्रलाेचन शर्मा
भिडौँ यो रणमैदानमा

भिडौँ यो रणमैदानमा

धुम्रलाेचन शर्मा
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x