साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखुण्डोभित्रको मान्छे

पालेर पेटमा कैंची राखेर मुखमा छुरा ठगेर दुनियाँ देश गर्छ आदर्शका कुरा द्वन्द्व विग्रह हिंसाका पाठशाला चलाउँछ जपेर मुखले बुद्ध ज्यूँदै मान्छे जलाउँछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

झर्केर वनको तित्रो कराएझैं कराउँछ
भनेझैँ नभए आफ्नो कुण्ठाले बर्बराउँछ
अरुको गतिलो देखे जल्छ गर्दछ आरिस
बिना स्वार्थ कसैलाई गन्दै गन्दैन मानिस

चरित्र दोगला दम्भी घमण्डी स्वाँठ दुच्छर
गफ परन्तु यस्तो कि ऊ जस्तो को छ नैतिक
फेरेझैं कपडा फेर्छ पार्टी नौला फटाफट
लगौंटी दलको भिर्छ भन्छ स्वतन्त्र चिन्तक

लेख्छ गाली तथा कुण्ठा जुटाई शब्द टाक्टुक
रम्छ आत्म प्रशंसामा निकाली मुखमा थुक
बेदव्यास स्वयं बन्छ बन्छ होमर बाल्मिकी
गर्दैन अरुको आफ्नै प्रशंसा कति हो कति

पारखी अर्थको भन्छ कुरा जोत्छ अनर्थका
भन्छ समाजसेवी हुँ काम गर्दछ स्वार्थका
पिता हो गुटबन्दीको गुट खोल्छ रमाउँछ
चाकरी गुटबाजीले बिग्रियो देश भन्दछ

क्षुद्र बेतुक हल्लाको पछी लाग्छ दगुर्दछ
कुरामा त्याग सित्तैंमा पाए चुक हसुर्दछ
मान्छे बर्बर यस्तो कि मात गर्छ दुशासन
घमण्ड उसको देखी जिल्ल पर्दछ रावण

पालेर पेटमा कैंची राखेर मुखमा छुरा
ठगेर दुनियाँ देश गर्छ आदर्शका कुरा
द्वन्द्व विग्रह हिंसाका पाठशाला चलाउँछ
जपेर मुखले बुद्ध ज्यूँदै मान्छे जलाउँछ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x