साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिडौँ यो रणमैदानमा

निस्क ! दराजबाट निस्क ! गराजबाट यतिञ्जेल सँगै बाँचियो अब मर्ने बेला भएछ अब सँगै मरौँला यो नाम अमर पार्नु छ त्यसैले जे गर्नु छ बाँकि सँगैसँगै गरौँला।

Nepal Telecom ad

धुम्रलाेचन शर्मा :

जिन्दगी एक रणमैदान रहेछ कान्छा !
भिडौँ भिडौँ भिडौँ !
आँखा चिम्लेर
घुँडा फुक्लेपछि मात्रै बिसाउँला उत्तानो परेर।
मुर्दा भएपछि उठेर हिन्नु पर्दैन नि
आर्यघाटसम्म हाम्लाई
उनीहरूले नै घिसार्न कर लाग्छ आफूलाई
केको पीर छ र ?
अनि त हाम्ले खाएको र लाएको
कल्ले
रीस गर्दोरछ
हेरम्ला।

उठ सबै काम्रेड हो !
उठ सबै जैनेपालहरू हो
दरबार छोडेर उठ
बङ्गला छोडेर जुट
भाउजू बुहारी सबै जुट
अब यो देशलाई
उ गर्ने बेला भो
कतै नलुक अब
कहिल्यै नझुक
तिम्रा शेल्टर डढाइदेऊ
आफूलाई जीन्दकीको
रणमैदानमा चढाइदेऊ
हाम्ले बाँचेको
डाह गर्नेहरू
हेरिरहून्
तिमी घुँडा नफुक्लिन्जेल
भिडिरहू।

निस्क ! दराजबाट
निस्क ! गराजबाट
यतिञ्जेल सँगै बाँचियो
अब मर्ने बेला भएछ
अब सँगै मरौँला
यो नाम अमर पार्नु छ
त्यसैले जे गर्नु छ बाँकि
सँगैसँगै गरौँला।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्यामिरेले पनि नयाँ पाटी खोल्ने भो

ज्यामिरेले पनि नयाँ पाटी...

धुम्रलाेचन शर्मा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x