सुभाषचन्द्र देवकाेटाजब तिमी जानेछौ
तिमी किवदन्ती बन्नेछौ आफ्नैहरुका लागि एउटा दु :खन्त स्मृति बन्नेछौ। जब तिमी जाने छौ तिम्रो परिचय बदलिने छ तिमी आफ्नैबाट तिरस्कृत त्याज्य लास बन्नेछौ। सिर्फ लास बन्नेछौ ।
सुभाषचन्द्र देवकाेटा :
जब,
तिमी अनन्त यत्रामा निस्किने छौ।
तिमीलाई छेक्ने कोहि हुनेछैन।
तिमीलाई खोज्न कोहि आउने छैन।
तिमीलाई चौतारीमा,
कुरेर बस्नेहरु कोहि हुने छैन।
जब तिमी जानेछौ,
तिमी फगत
नबोल्ने फोटो भएर भित्तामा झुन्डिने छौ
आफ्नैहरुका लागि पनि तिमी
दु:खान्त सपना बन्ने छौ।
जब तिमी जाने छौ,
तिम्रो शरीरलाई बिल्कुल नाङ्गो बनाइने छ,
तिम्रो शरीरमा आगो झोसिने छ।
तिम्रो शरीरलाई घोचीघोची धुँवा बनाइने छ,
तिमी अय्या पनि भन्न पाउने छैनौं।
आफन्त भन्नेहरु पनि एक एक गर्दै
छोडेर हिँड्ने छन्।
तिम्रो साथमा कोहि हुनेछैन।
न तिम्रो अस्तित्व रहनेछ,
न आफ्ना भन्नेहरु तिम्रा हुनेछन्
तिमी बिस्मृतिमा हराउने छौ।
तिमी आफ्नैहरुका लागि
पराई बन्ने छौ,
बल्झिने घाऊ बन्नेछौ।
जब तिमी जानेछौ,
तिमीलाई भेट्न,
आउने कोहि हुनेछैन।
तिमीसँग दु:खसुखका
कुरा गर्न कोहि आउनेछैन।
तिम्रो टाउकोमाथि हात राखेर
तिमीसँग मायाका कुरा गर्ने कोहि हुनेछैन।
जब तिमी जाने छौँ,
तिम्रा सपनाहरु बाँकि हुने छैनन्
तिम्रा यात्रा र गन्तव्यहरु रहने छैनन्
तिमी आफ्नैहरुका लागि
अछुत बन्ने छौ।
जब तिमी जाने छौ,
तिमीलाई हात समाएर उठाउने
कोहि हुनेछैन।
तिमीलाई मायाले
सुमसुम्याउने कोहि हुनेछैन।
तिम्रो यत्रामा साथ दिने
कोहि हुने छैन।
जब तिमी जानेछौ,
तिम्रो परिचय पनि फेरिने छ।
तिम्रो यत्राको गन्तव्य फेरिने छ।
तिमी आफ्नैहरुबाट
तिरस्कृत र त्याज्य लास बन्ने छौ।
जब तिमी जानेछौ,
तिम्रो बाटो कुर्ने कोहि हुनेछैन
तिमी किवदन्ती बन्नेछौ
आफ्नैहरुका लागि
एउटा दु :खन्त स्मृति बन्नेछौ।
जब तिमी जाने छौ
तिम्रो परिचय बदलिने छ
तिमी आफ्नैबाट तिरस्कृत
त्याज्य लास बन्नेछौ।
सिर्फ लास बन्नेछौ ।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest





































