साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकार्पणको लगलग

आफूलाई नपरेसम्म कहिल्यै थाहा हुँदैन भनिन्छ। जब मैले पनि मेरो पहिलो कृति प्रेसबाट ल्याई लोकार्पण गरेँ। त्यसबेला भनेँ लोकार्पण गर्नु साह्रै डरलाग्दो काम रहेछ भन्ने स्पष्टै बुझेँ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

अरुतिर कस्तो छ कुनि…हाम्रो यतातिर भने हिजोआज लोकार्पणको देशनै लागेको छ। दार्जीलिङ भाषामा भन्नु हो भने, लोकापर्णको सिजन लागेको छ। अझ फेसुबुके वा रीलको भाषमा भनुँ भने, हाम्रो यतातिर लोकार्पण भाइरल भएको छ।

सकी नसकी किताब निकालिन्छ। प्रेसमा बाँकी राखेर पनि किताब निकालेर मात्र भयो र। अरुले जस्तो लोकार्पण गरेन भने लोकार्ण समाजमा लाजमर्दो भइन्छ। हिजो मात्रै एकजना साहित्यकार साथीले उनको लोकार्पण कार्यक्रममा निम्त्याएकी थिइन्। आफ्नो मुख्य काम छोड़ेर गाड़ी भाड़ा जोगाड़ गरी लोकार्पणमा पुग्नैपर्छ । नत्र साथी रिसाउँछिन्। कार्यक्रममा उपस्थित भएर टाउकोको सङ्ख्या बढ़ाउनु मात्र होइन किताब पनि किनिदिनुपर्छ। हो किताब किनिदिनैपर्छ, मेरो किताब लोकापर्ण हुँदा उनी आएर मेरो पनि किताब किनिदिन्छन् भन्ने एउटा आशा, एउटा भरोसामै जिन्दगी बित्दोछ।

यस्ता थुप्रै लोकार्पण कार्यक्रममा सकी नसकी उपस्थित भइदिएकी छु। लोकार्पण गर्ने साथीहरू भन्छन्, अब त म कहिल्यै लोकार्पण गर्दिनँ। लोकार्पण गर्नु भनेको एउटा भतियार खुवाउनु बराबरी हो। पहिले पहिले त साथीले के भनेकी होलिन् भन्थेँ। आफूलाई नपरेसम्म कहिल्यै थाहा हुँदैन भनिन्छ। जब मैले पनि मेरो पहिलो कृति प्रेसबाट ल्याई लोकार्पण गरेँ। त्यसबेला भनेँ लोकार्पण गर्नु साह्रै डरलाग्दो काम रहेछ भन्ने स्पष्टै बुझेँ।

जब जब लोकार्पण गर्ने कुरो चल्यो। फेसबुकतिर पोष्ट पनि गरिहालेँ। समय र स्थान तय भयो। जब मेरो नया पुस्तकको लोकार्पण हुने हल्ला शुरु भयो। तब मलाई बधाई दिने, शुभकामना दिनेहरूको ताँती लाग्यो। त्यसपछि सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिविशिष्ट अतिथि, कार्यकारी अतिथि आदि आदिबारे सिफारिश आउन थाल्यो। छक्क परेँ। नाथे एउटा किताब लोकार्पण गर्नु छ…गाउँको सानो मञ्च छ। दसजना पनि स्टेजमा अँट्नु गाह्रो पर्छ। मञ्च पक्की छैन। मेरो लोकार्पणको निम्ति झण्डै झण्डै पन्ध्रदेखि पच्चीस जनालाई माथि मञ्चमा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिविशिष्ट अतिथि, कार्यकारी अतिथि राख्ने मेरा अग्रज साहित्यकार गुरुले नाम सिफारिश गर्न थाले। म चुपो लागि बसेँ, कुनै मनतव्य गर्नु चाहिनँ। सोँचें मैले, हे भगवान, मञ्च कुखुराको खोर जत्रो छ…यति धेरलाई माथि मञ्चमा राख्दा भरे मञ्च नै गार्लाम् गुर्लुम् ढल्यो भने?

मैले मलाई हरदम दिशा निर्देश गरिरहने मेरा अग्रज साहित्यकारलाई यो कुरो राखेँ। उनले हलुकै पाराले मलाई के भने भने, कार्यक्रमको शुरूमा मञ्चमा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिविशिष्ट अतिथि, कार्यकारी अतिथिलाई मात्र माथि राख्ने अनि लोकार्पणमा उनले पठाएका सूचीमा रहेका सबैलाई मञ्चमा बोलाई लोकार्पण गराउनू।

मैले मनमनै सोँचेँ। त्यो ठिकै हो। गाउँको सानो समाज घर। बढ़ीभन्दा बढ़ी पचासजना मात्र अँटन सक्छन् समाज घरमा। बीस पच्चीस जनालाई लोकार्पणमा माथि चढ़ाएर दर्शकासनमा चैँ? लु त्यो पनि ठिकै छ। पच्चीस पच्चीसजनाको हातमा लोकार्पणको निम्ति किताब दिएर किताब चैँ बिक्री हुने कसरी। यसै पनि हाम्रो नेपाली लोकार्पण समाजमा लोकार्पकहरूले किताब नै किन्दैनन्। आखिर लोकार्पकको नाम आएपछि सित्थैमा किताब हात पर्ने नै हो भन्ने उऩीहरूको विचार देखिन्छ।

त्यति मात्र होइन, लोकार्पणको हल्ला हुने बित्तिक्कै कहिल्यै फोन नगर्नेले पनि फोन गरी स्वास्थ्यबारे सोध्छन्। के छ कस्तो हुनुहुन्छ भन्ने सुगा रटाइ उत्तिकै। बात गर्दै गएपछि मोराहरू कुरा फुस्काइ त हाल्छन्, अनि बहिनी तपाईको किताब लोकार्पण हुने खबर सुनेँ। खुसी लाग्यो। अनि लोकार्पणमा सभाध्यक्ष कसलाई राख्ने सोच्नुभएको छ? यताउति कुरा घुमाइ फिराइ उनलाई नै सभाध्यक्ष राख्ने इण्डारेक्टली उनको निजी नाम सिफारिश गर्छन्। त्यति मात्रै कहाँ र हजूर! अन्य अतिथिहरू कस-कसालाई राख्ने प्रश्नले वाक्कै लाउँछन्। म सोझी मान्छे, छक्कापञ्जा आउँदैन। आफू सोझी भएकोले मैले छनौट गरेका अन्य अथिथिहरूको नाम भनिदिँदा उनले नजानिँदो पाराले विरोध गरेको स्पष्ट बुझेँ पनि अञ्जान भएर केही नजानेजस्तो गरी सोध्दा उनले उनलाई मन नपर्ने अतिथिको नाम भन्दै यिनलाई, यिनलाई बोलाए पनि माथि चैँ नराख्नू भन्ने उनको ईर्ष्यणीय आदेश दिन्छन्। साहित्यकारहरूमाझ पनि यस्तो ईर्ष्या हुँदोरहेछ भन्ने कुरो यसै दिन थाहा पाएँ। ईर्ष्यामात्र होइन, साहित्यकारहरूमाझ अकल्पनीय, सोंच्नै नसकिने लवीबाजी पनि चल्दो रहेछ भन्ने कुरो उनै अग्रज साहित्यकारको टिप्पणीबाट छर्लङ्ङै बुझेँ।

उनले मलाई फकाउँदै फकाउँदै, मेरो गज्जब प्रशंसा गर्दै उनका लबीका केही साहित्यकारहरूको नाम सिफारिश गरे। मलाई हर हमेश सल्लाह सुझाव दिने, मलाई सहयोग गर्ने मेरा अऩ्य अग्रज साहित्यकारहरूको नाम जति भन्छु उति उनले यो मान्छे ठिक छैन, त्यो ठिक छैन भनी टार्ने काम गरेका देख्दा मैले सधैँ श्रद्धा गरिरहेकी ती अग्रज साहित्यकारप्रति भित्र कता कता घिन लागेर आउनथाल्यो। जब कि अरुलाई मैले उनको नाम विशिष्ट अतिथिको नाममा राख्दा उनले सहर्ष भने, एकदम ठिक छ। यिनी हाम्रो साहित्यका सिनियर बुजुर्ग साहित्यकार हुन्। उनलाई प्रमुख अतिथिको आसनमा राख्दा तिम्राे लोकार्पण समारोहको गरिमा अर्कै हुन्छ। सट्टामा ती साहित्यकारले उनको बदख्वाइँ गरेर समय बिताए।

जसो तसो लोकार्पण सम्पन्न भयो। म खुसी थिएँ। सबै मञ्चमा बस्नेले एक प्रति किताब किनिदिएनन् न कि अन्य उपस्थित केही साहित्यकारले नै किताब किनिदिए। सबैलाई भतियार खानु निम्त्याएको जस्तो भयो।

लोकार्पण सकिएको एक हप्तापछि केही साहित्यकारले मलाई ब्लक ठोकेछन्। कारण उही ता होला उनलाई माथि मञ्चमा राखेनन् भनेर। खै कतिको मन बुझाउनु ? कतिलाई खुसी राख्नु कठै!

लोकार्पणको दिन उपस्थित सबैलाई माथि राखे तल चैँ को बस्ने ?

अब त लोकार्पण गर्ने पक्षमा छैन म। लोकार्पण सम्झियो कि लोकार्पणको लगलगले थरथरी काम्न थाल्छु।

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x