साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रह्माजीलाई विन्तीपत्र

Nepal Telecom ad

श्री मान कार्यकारी प्रमुख

ब्रह्मलोक, ब्रह्मानगर

बिषय : एक घण्टा समय थप गराई पाउँ ।

उपरोक्त सम्बन्धमा म यो जानकारी गराउन चाहन्छु कि यस पृथ्वीलोक र ब्रह्माण्डको सृष्टिकर्ता हजुर नै हुनुहुन्छ । यही सत्यतालाई ध्यानमा राखी मेरा हरेक दैनिक कृयाकलापहरूमा आइपरेको कठिन परिस्थितिलाई सरल र सहज पार्न हजुरकै चरण कमलमा परें । मलाई समय कम भएकै कारणले गर्दा मेरो दैनिकीमा स्कुल बस छुट्न थाल्यो, कलेजको गेट बन्द भए, म पसल पुग्दा पसलको ढोका बन्द भए, कहिले बसपार्कको बस छुट्छ, कहिले माइक्रो र रिक्सा छुट्छ्, कहिले टेलिसिरिएल त कहिले फिल्महलको टिकट छुट्छ, हुँदाहुँदै हस्पिटलको टिकट पनि लिन छुटें, प्लेनको टिकट पनि छुट्यो । यति मात्र नभएर मेरो गाँस छुट्यो, मेरो साथ छुट्यो, गोष्ठी सभा सम्मेलन र समारोह छ्ट्यो, आलराम बजाउँदा बजाउदै मेरो निन्द्रा पनि छुट्यो, कहिले मेरो मालिक मुन्टो बटार्छ, कहिले मेरी मुन्टो बटार्छे, हुँदाहुँदै मेरो अनलाईन पनि छुट्न थाल्यो ।
यस्तो जटिल परिवेशमा मेरो उद्दार गर्ने हजुर नै हुनुहुन्छ्, बरु हजुरको नाममा एक लाख बत्ती बालौंला, दैनिक पुरान लगाउँला । मेरो बिन्ती प्रभु मलाई चौबिस घण्टाबाट एक घण्टा थपिदिनुस्, सबै काम समयमानै सकुँला अन्यथा भएमा सजायको भागिदार रहुँला हजुरको जो कृपा ।

 

निवेदक
कलिभक्त दिनेश
हतारनगर, बेफुर्सदी टोल
नयाँनेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x