साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड स्वास्थ्यका लागि हानिकारक छ !

Nepal Telecom ad

बाहिर चर्को घाम छ कमरेड
समस्यै समस्याको जाम छ
धुलो, धुवाँ र दुर्गन्ध छ
हुलदङ्गा, लूटपाट र नेपाल बन्द छ
सुती ऽऽऽऽऽ रहनुहोस् कमरेड मायालुको अङ्गालोमै
बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

भित्र छ बोत्तल भित्रै छ मात
भित्रै छ चौरासी व्यञ्जनको खात
भित्र छ सेमिनार, साँप्रा र सुकुटी
भित्रै छ देशको राष्ट्रिय ढुकुटी
टोकी ऽऽऽऽऽऽऽऽ रहनुहोस् कमरेड कुटुकुटु हाड
बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

बाहिर त बाढीमा डुबेका झोपडीहरू छन्
अनिकालले सुकेका कङ्काल र खोपडीहरू छन्
अदालत बाहिर छ, न्यायाधीशहरू भित्रै छन्
कानून बाहिर छ, वकीलहरू भित्रै छन्
बाहिर त फुटेका खुट्टाहरू मात्रै छन् कमरेड
टोपी लगाएका टाउकाहरू भित्रै छन्
बाहिर विपक्षीहरू मात्रै छन् कमरेड
समकक्षीहरू भित्रै छन्
जमी ऽऽऽऽऽऽऽऽ रहनुहोस् कमरेड म्यारिजमै
बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

झण्डा भित्रै छन् कमरेड !
भित्रै छन् झण्डा गाड्ने चिल्लाचिल्ला गाडीहरू
भित्रै छन् गाडीमा अडेस लागेका किर्ना, उडुस र ढाडीहरू
भित्र छ बण्डा भित्रै छ भाग
भित्र छ रति भित्रै छ राग
बाहिर निस्किसक्नु छैन कमरेड
दिउँसै पनि मध्यरात झैँ अन्धकार छ
भित्र रातमै पनि झल्झलाकार छ
थच्ची ऽऽऽऽऽऽऽऽ रहनुहोस् कमरेड ट्वाइलेटमै
बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x