सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरा गोरुको बाह्रै टक्का

Nepal Telecom ad

हँ ?
गोरूहरू त जुधिरहेछन् नि हुक्काँ हुक्काँ
गोठालाहरूलाई के नाप्न लागोस् र धक्का
बसिरहेछन् उपरखुट्टी लाएर
घुम्ने कुर्सीमा थपक्क
औंला ठड्याएर मनपरी
बोलिरहेछन् प्वाक्क
र भनिरहेछन् मेरो गोरूको बाह्रै टक्का ।
ओहो यतिका बेर जुध्दा पनि
कसैको सिङ भाँचिएन ?
अहँ
सत्ताका गोठालाहरूलाई
दाउ परिरहेछ छक्का
सत्ताबाहिरका गोठालाहरूका त
जवानहरू छन् लक्का लक्का
लाग्दैन कसैलाई पनि धक्का
र त गरिरहेछन्
मेरो गोरुको बाह्रैटक्का ।
यो गोरु युद्धले कैयौं पटक
जाम गरायो चक्का
कैयौं दिन देश बनायो ठप्प
साँढेहरुको जुधाइमा
थुप्रै बाच्छाहरू किचिए कच्याक्क
हेर्दा पनि लागेर आउँछ दिक्क
एता गोठालाहरू
कुराले मात्र पार्छन् ठिक्क
र भन्छन् संविधान त बन्छ बन्छ पक्का
तर छोड्नै चाहन्नन्–
मेरो गोरुको बाह्रै टक्का ।
बकबक गरेर कति बसिरहन्छौ
ए माले गोरुका गोठाला हो
ए तारे गोरुका गाठाला हो
तिम्रा गोरु मात्र गोरु हुन् र
बडो फुईं गर्दा रहेछौ
लौ आओ चौर खुला छ गोरु जुधाउन
हाम्रा गोरुहरू पनि छन् लक्का लक्का
दिन पनि सक्छन् ठुलै धक्का
हाम्रा गोरुको पनि हुन सक्छ
बाहै्र टक्का ।

बम्घा, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गोरुबेचे साइनो

गोरुबेचे साइनो

काशीनाथ मिश्रित
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी