साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा गोरुको बाह्रै टक्का

Nepal Telecom ad

हँ ?
गोरूहरू त जुधिरहेछन् नि हुक्काँ हुक्काँ
गोठालाहरूलाई के नाप्न लागोस् र धक्का
बसिरहेछन् उपरखुट्टी लाएर
घुम्ने कुर्सीमा थपक्क
औंला ठड्याएर मनपरी
बोलिरहेछन् प्वाक्क
र भनिरहेछन् मेरो गोरूको बाह्रै टक्का ।
ओहो यतिका बेर जुध्दा पनि
कसैको सिङ भाँचिएन ?
अहँ
सत्ताका गोठालाहरूलाई
दाउ परिरहेछ छक्का
सत्ताबाहिरका गोठालाहरूका त
जवानहरू छन् लक्का लक्का
लाग्दैन कसैलाई पनि धक्का
र त गरिरहेछन्
मेरो गोरुको बाह्रैटक्का ।
यो गोरु युद्धले कैयौं पटक
जाम गरायो चक्का
कैयौं दिन देश बनायो ठप्प
साँढेहरुको जुधाइमा
थुप्रै बाच्छाहरू किचिए कच्याक्क
हेर्दा पनि लागेर आउँछ दिक्क
एता गोठालाहरू
कुराले मात्र पार्छन् ठिक्क
र भन्छन् संविधान त बन्छ बन्छ पक्का
तर छोड्नै चाहन्नन्–
मेरो गोरुको बाह्रै टक्का ।
बकबक गरेर कति बसिरहन्छौ
ए माले गोरुका गोठाला हो
ए तारे गोरुका गाठाला हो
तिम्रा गोरु मात्र गोरु हुन् र
बडो फुईं गर्दा रहेछौ
लौ आओ चौर खुला छ गोरु जुधाउन
हाम्रा गोरुहरू पनि छन् लक्का लक्का
दिन पनि सक्छन् ठुलै धक्का
हाम्रा गोरुको पनि हुन सक्छ
बाहै्र टक्का ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x