साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेस्ट–टु–रेन्टतिरको यात्रा

Nepal Telecom ad

दिनभरिको व्यस्तताले थाकेको शरीरलाई रिल्याक्स गर्न याने रेस्ट गर्न जाने ठाउँ बनेको छ रेस्टुरेन्ट । नामले नै चिनिन्छ रेस्ट गर्ने ठाउँ भनेर क्या वेस्ट । रेस्ट गरे बापत डबल रेन्ट बुझाउनु पर्ने भएकोले रेस्टुरेन्ट भनेको पनि हुँदो हो । त्यैमाथि वार लगाएर वरिपरि साँगुरो पारेपछि त रेस्टुरेन्ट एण्ड वार । वारभित्र पसेर बियर अगाडि राखी डियरसँग सियर गर्दा फेयर होस् वा अन–फेयर तनमन समुन्द्री छालझै एक लेयरमाथि उठिहाल्छ । सेकुवा अनि चिकेन चिल्ली खायो छिल्ली छिल्ली । सयर गर्यो कहिले हावडा त कहिले दिल्ली । न छ घरको सम्झना, केटाकेटी चिल्लीबिल्ली । खै के मजा आउँछ आधा खान्छे क्याविन गर्लले आधा खायो बल्लतल्ल । जुठो होस् कि जेहोस् चपायो चपाचप । खाली सिसी झुक्याई झुक्याई थपाथप । आफू हुस्सु दण्डमा परिसकेको पत्तै छैन । हेल्लो डियर लेउन अर्को वियर गरौं न सियर भन्यो खल्तीको पैसो सिध्यायो वस । खाँदाखाँदा टिल्ल परेपछि आधाउदी खाएको पनि ह्वात्त निकाल्यो रित्तै घर फक्र्यो उल्टै श्रीमतीसँग झक्र्यो सुत्यो । भोलिपल्ट ब्युझेपछि पो झस्याङ्ग भएर खल्ती छाम्यो रित्तै । आइन्दा रेस्ट गर्न नजाने विचार ग¥यो, दिन ढल्दै गएपछि हिजोको रमझम सम्झियो गयो रेस्ट–टु–रेन्टतिरको यात्रा क्या मजाको जात्रा ।
फुच्चे सिस्नोपानी वर्ष १/अङ्क ५/२०६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x