साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा बाटो बन्नु पर्छ

Nepal Telecom ad

यो भद्रगोल
गो गन्जागोल
यो हानथाप
यो उछिनपाछिन
यो हिलो छ्यापाछ्याप
यो मारामारबाट उन्मुक्ति पाउनु पर्छ
एउटा नक्सा कोर्नु पर्छ
एउटा बाटो बन्नु पर्छ ।

कोही चारो नपाएर मरिरहेछन्
कोही टालो नभएर तड्पिरहेछन्
कोही ओतको समस्यामा भड्किरहेछन्
कोही निसाफको अभावमा रोइरहेछन्
यो अन्धकार
यो पेलमपेल
यो छिर्केदाउ
यो लाजमर्दो हाउभाउ
यो खाल्टाखुल्टी
यो गज्याङगुजुङबाट निकास पाउनु पर्छ
एउटा नक्सा कोर्नु पर्छ
एउटा बाटो बन्नु पर्छ ।

बाबुआमाहरूले बचेराहरूलाई भेट्न पाएका छैनन्
बचेराहरूले पनि बाबुआमाहरूलाई देख्न पाएका छैनन्
हर्केबिना माइलीको झुप्रो शून्यशून्य भएको छ
माइलीबिना हर्के पनि एक्लोएक्लो र उदासउदास छ
यो भेलबाढी
यो उकुसमुकुस
यो धारेहात
यो मरिहत्ते
यो छिनाझपटी
यो गालीगलौजबाट सास फेर्न पाउनु पर्छ
एउटा नक्सा कोर्नु पर्छ
एउटा बाटो बन्नु पर्छ ।

कोही बन्दै गरेको नक्सा च्यात्न जम्मा हुँदै छन्
कोही खन्दै गरेको बाटो भत्काउन अभ्यास गर्दै छन्
कोही घर जलाउन आगो बाल्दै छन्
कोही आफ्नै खुट्टामा बन्चरो चलाउँदै छन्
यो अस्तव्यस्तता
यो सस्तो स्वतन्त्रता
यो लक्ष नभएको यात्रा
यो हाँडीगाउँको जात्रा
यो चटकेको बाँदर नचाइबाट पार पाउनु पर्छ
एउटा नक्सा कोर्नु पर्छ
एउटा बाटो बन्नु पर्छ ।

यो थर र गोत्रको अंशबन्डा
यो धर्मधर्मको भागबन्डा
यो भाइभाइको टाउको फोराफोर
यो आफूआफूको हात हालाहाल
यो ‘सबै जातको फूलबारी’को बेहाल
यो टुक्राटुक्री हैन मलाई एउटा सिङ्गो देश छाम्न मन लागेको छ
यो रूवाबासी हैन मलाई सबैले धक फुकाएर हाँसेको हेर्न मन लागेको छ
अब हामी निद्राबाट झल्याँस्स ब्युँझिन पाउनु पर्छ
एउटा नक्सा कोर्नु पर्छ
एउटा बाटो बन्नु पर्छ ।

हेटौँडा– ४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x