साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूलाबारी जस्तो लाग्छ

Nepal Telecom ad

प्युने बानी आफैँलाई भारी जस्तो लाग्छ
नटुङ्गिने द्रौपदीको सारी जस्तो लाग्छ ।

साहुनीका नखराले खल्ती सधैँ लुट्ता
आँखा तर्दा तिरिएको जारीजस्तो लाग्छ ।

मधुशालाभित्र पसी मेट्न खोज्दा प्यास
जिन्दगी नै बोतल र झारी जस्तो लाग्छ ।

मातेपछि तागतको लेखाजोखा गर्दा
अजङ्गको नर पनि नारी जस्तो लाग्छ ।

चाख्यो भने छिमेकीले पक्वान्नको भोज
आफ्नो भान्सा हेर्दा मूलाबारी जस्तो लाग्छ ।

राती घर पुग्दा ठोका नखुलेको देख्ता
श्रीमतीले अलपत्र पारी जस्तो लाग्छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x