आर.आर. चौलागाईंअब त्यो पनि छैन
मन बुझाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन
ओखती लगाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन
कस्तो होला यो दुनियाँ अर्काको कुरामात्रै काटेर बस्छ
व्यथा सुनाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन
मान्छेहरू कति निर्दयी अर्कालाई रूवाएर आफू हाँस्छन्
घाउ देखाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन
यो छाती भत्किएर क्षत विक्षत हुने गर्छ बारम्बार
टेको उभ्याउने एउटा ठाउँ थियो अब त्यो पनि छैन
सधैँ झर्छन् आँखाबाट तपतप तपतप आँसुका थोपाहरू
सास अड्याउने एउटा ठाउँ थियो अब त्यो पनि छैन ।
हेटौडा, मकवानपुर
२०७० चैत्र १८
Subscribe
Login
0 Comments
Oldest







































