साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुनुमायाका फूलहरू

Nepal Telecom ad

जुनुमायाका फूलहरू
फुल्छन् सानीमदौमा
उषाका बैँससँग
बिहानी किरणमा
अल्की जुनुमाया
सुनगाभा झारिरहिछिन्
कालापत्थरका टुक्राझैँ
मुस्की दिँदादिँदै
कोरल्छिन् धेरै चल्लाहरू
भँगेरी देशहरूमा
मोती जस्ता सन्तान बोकेर
अहोरात्र बेंसी झर्छिन्
कालापानीझैँ
उकालो चढ्दा
मुद्रा मीठो बनाएर
नयाँ घर हँसाउँछिन्
उनलाई कुनै रवाफ मन पर्दैन
बाहुनीझैँ डोको बोकेर
तामाका गाग्रीहरूमा पानी भर्न
गोरेटो ओर्लिरहेकी हुन्छिन्
सन्तानहरूले बेर्छन्
काखमा च्यापेर
ढ्वाँङ छाँगो चुमेर
नयाँ घर लिपी रहन्छिन्
बुद्धि लगाएर
हितप्रसादका हुक्का माझेर
मुनियाँहरूसँग रमाउँदै
धेरै वर्ष
गाउँबेंसी गरिरहिन्
धेरै मानिसहरू मर्छन्
पानी पिउन नपाएर
आफ्नै नानीहरूसँग मुस्किदिएर
आफ्ना चोटहरू रोक्छिन्
गाउँभरका सेठहरू
धुवाँझैँ उडाउन चाहन्थेँ
उनका कथाहरू
मुजुरहरूले बुझिदिएकाले
उनको घर ताराझैँ फुलिरहेछ
कलकल पसिना पिउँदै
नयाँ घरमा जुनहरू नाच्छन्
जुनुले मजेरी टेक्दा
चन्द्रलालहरू भजन गाउँछन्
खरको छानोमुनि
मयुरको प्वाँखले झिलल्मिलाउँदा
कविहृदय तिल्मिलाउँदा
काफ्लेटार सिल्मिलाउँछ
प्वाँखहरू धप्धपाउँदा
जुनुमायाका कथाहरू टल्किन्छन्
मुटु डग्मगाउँछ
स्वस्थ मनहरू
सुख्खा प्रकृतिका दौलतहरू
सुन्दर सपना लिएर
बाँचिरहेका छन्
नयाँ गाउँको उदयमा
मानिसहरू एक आपसमा लडिरहेछन्
असिम यात्राहरूमा
पसिनाका थैलीहरू भिज्छन्
साहस लिएर
काँतर चरीभन्दा माथि उठेर
जुनुमाया बाँचेकीछिन्
दौलतका सेठहरूसँग जुधेर
जिमल सेठहरूले
आफ्नो घरसम्म घेर्दा
नआतिएकी जुनुमाया
आफ्नै शैलीमा सङ्घर्ष गरिरहेकी छन्
चरित्रको अडानमा रहेर
सानीमदौको हिराका रुपमा
उनी उभिएकी छन्
तिनैका बारेमा
कलम शब्द उकेलिरहेछ
यतिबेला
उल्लुहरू चर्केर बोल्छन्
दालिङ्गे वरिपरि
मण्डरेका कथाहरू
सुन्दै बुझ्दै जाँदाखेरी
मुटु चर्किन्छ
आऊ आऊ
मानिसहरू हाम्रो इज्जत राख्न
पापीहरूको कब्जाले
मन धर्कन्छ
जिम्वालहरु हाम्रा काँढा हुन्
डिठ्ठाहरू हाम्रा तार हुन्
सानीमदौ थर्किन्छ
कोरहरूको लर्कन छ
सम्झिँदा तनहरू सर्कन्छ
अघोर काजीहरू
डँकिनीझैँ उफ्रिरहेछन्
भोका गिद्धहरू
अबलाई उडे
तन खुकुलो बनाएर
बाजेहरूको निष्क्रमण भइरहेछ
ज्ञानप्रसाद ठालु
वनबिरालाहरू पनि डराउने
ठालुहरू बाली खोस्ने
किसानहरू रुवाउने
संस्कृतिहरू तोड्न
बाहुनचरी भुरुरु उड्छे आकाशमा
ठालुहरूको रमिता किसानहरूको पीडा
सुख्खा पटमा भँगेरीको मुटु
नाच मुजुर नाच मुजुर
कैल्यै मेटिन सकिन्न
छमछम टिमटिम
जीवनका यात्राहरू
एउटा मीठो गीत गाउँछ
खयरको बोटमा
निम्सरो कोइली
उसको बोलीमा
क्षण क्षण मधुर गञ्जिरहन्थ्यो
कवि चमचम
मकै टोकिरहन्छ
क्रान्तिको बाटो रोजी
संसार जित्न
नाच्छ भाले मयुर
वर्षा ऋतुमा
युद्धप्रेमी जूनहरू
रमरम दगुरिरहेछन्
नयाँ संसार घोषणा गर्न
निभ्दैन क्रान्ति
मर्दैनन् सहिदहरू
पटक पटक जन्मिरहन्छन्
नदीझैँ, खोल्साखाल्सी जस्तै मिलेर
कवाज खेलिरहेछन्
नयाँघरको मजेरीमा
जुनुमायाका फूलहरू
धपक्कै फुलिरहेछन्
कफाइट खेलिएका क्षणहरू
भरे फेरि झुल्केर आएकाछन्
मुजुर जोडीहरू
अमर प्रेम गरिरहेछन्
वरपीपलको चौतारीमा बसेर
कविता लेखिरहन्छ
मसीका ज्वालाहरूले
लेखेर सकिन्न संसार
घुम्दै फिर्दै
यात्री
जुनुमायाका फूलहरूसँगै
हराउँदै जान्छन्
जुनुमायाका दिल
आरनको ज्वाला भएर बलिरहेछ
आफ्नै तालभित्र
सेलेघाटमा
रमरम गरिरहेछ
मन
पसिनाका भुवाहरू
मधुर झर्ना भएर बग्छन्
तिन शताब्दीदेखिका पीडा लिएर
मन्थलीमा बुलबुल गर्दै
कवाज खेलिरहेछन्
सपनै सपनाको यात्रामा
निभेको छैन जीवन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x