साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन हिंड्या माननीय….

Nepal Telecom ad

चोरलाई चौतारोमा, साधु शुली चढाएर !
नयाँ नेपाल बनाईदैछ यस्तै नजिर बसाएर ।

कात्रो पनि हिच्किचाउला हजुरको सरम ढाक्न !
किन हिंड्या माननीय दौरा सुरुवाल लगाएर ?

मैले पनि ‘बा’ हुनुको जिम्मेवारी पूरा गरें !
छोरालाई शिरमा ऋण, हातमा पासपोर्ट थमाएर ।

“हजुरलाई हर् धड्कनमा सम्झिरा’छु” भन्छिन् प्र्रिया,
पैसा हाताँ पर्या दिन छोटो सन्देश पठाएर ।

पढ छोरी भन्छु आफू, अंशतिरै आँखा लाउँछे,
उपबुज्रुक आमाचैंले नारी शिक्षा रटाएर ।

जीवनरुपी भुत्भुतेमा सुख नामको ढुङ्गो पोली,
पाकेपछि खालास् भनि राख्या’छु मन् फकाएर ।

मोती टिप्न ‘सागर’ भित्रै डुब्नुपर्छ महोदय !!
भेटिँदैन बाग्मतीको बगरमा कराएर !

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x