साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरो काठमान्डू !

Nepal Telecom ad

भौजाहा बच्चाले
आवेगमा
कच्याककुचुक पारेको खेलौना जस्तो
सारै सस्तो
बिचरो काठमान्डू !
उकुसमुकुस नियति बोकेर
आर्यघाटको बाटो कुरेको बिरामी झैं
अभिशप्त राजधानी
स्वयम् महाभागी बनेर
धेरैलाई
भाग्यमानी बन्ने अवसर दिँदै छ
अरु भन्छन्, “काठमान्डूले देश खायो”
म भन्छु, “देशले काठमान्डू खायो”
अनुहार भरि कुरूप डण्डीफोर बोकेकी
तरुनी हो कि ?
कि
एउटा लथालिङ्ग घर हो ?
दुर्गन्ध
यसको परिचय भएको छ
लाखौँ नगरबधु हुर्काउने यो शहर
स्वयम् एउटी नगरबधु त होइन ?
लाग्छ
पल पल मरिरहेछ काठमान्डू
आफ्नू अन्तिम संस्कार
आफैं गरिरहेछ काठमान्डू
हो है
मरिरहेछ काठमान्डू !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x