कोमल भट्टचुक्दै छ मान्छे
भन्दै छ रोजै तेरो र मेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा
लोभी छ धेरै नाघ्दै छ घेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।
बिर्सेछ सच्चा कर्तव्य के हो, बन्दै छ पापी झन् आज भोलि
गन्तव्य सारा पार्यो अँधेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।
आफैं छु ठूलो भन्ठान्छ क्यारे, गर्दैन माया अर्को कसैको
बद्नाम पार्यो पाखा पखेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।
सन्तुष्टि कैल्यै मानेन उस्ले, जे जे छ आफ्नो त्यो चीजबाट
चाहन्छ कब्जा सम्पूर्ण फेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।
सक्दैन खप्नै दोस्रो फुलेको, तान्दैछ खुट्टा पछार्न खोज्दै
लाएर नानाभाँती उकेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।
त्यागेर यस्तो बानी नराम्रो, रोजौं न ‘कोमल्’ बाटो सबैले
फ्यालौं सडेको रद्दी कचेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।
पुरानो नैकाप, काठमाडौं
हाल : न्युयोर्क, अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































