साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुक्दै छ मान्छे

Nepal Telecom ad

भन्दै छ रोजै तेरो र मेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा
लोभी छ धेरै नाघ्दै छ घेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।

बिर्सेछ सच्चा कर्तव्य के हो, बन्दै छ पापी झन् आज भोलि
गन्तव्य सारा पार्यो अँधेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।

आफैं छु ठूलो भन्ठान्छ क्यारे, गर्दैन माया अर्को कसैको
बद्नाम पार्यो पाखा पखेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।

सन्तुष्टि कैल्यै मानेन उस्ले, जे जे छ आफ्नो त्यो चीजबाट
चाहन्छ कब्जा सम्पूर्ण फेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।

सक्दैन खप्नै दोस्रो फुलेको, तान्दैछ खुट्टा पछार्न खोज्दै
लाएर नानाभाँती उकेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।

त्यागेर यस्तो बानी नराम्रो, रोजौं न ‘कोमल्’ बाटो सबैले
फ्यालौं सडेको रद्दी कचेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा ।

पुरानो नैकाप, काठमाडौं
हाल : न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x