साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमपत्र

Nepal Telecom ad

लभ माने प्रेम । आधुनिक मान्छेमा प्रेम भन्ने चिज हरायो भनेर धेरै मान्छेहरू भन्ने गर्छन् । मलाई सोध्नुहुन्छ भने प्रेम मरेको छैन । बरू यो झन् मौलाउँदै र परिमार्जित हुँदै गएको छ । आफ्नो पेसा स्वभाव र सिद्धान्त अनुसार प्रेम गर्ने तरिका फरक हुन्छ । आउनोस् विभिन्न पेसामा काम गर्नेहरूका भिन्न भिन्न प्रेमपत्रहरू हेरौँ र प्रेमपत्रको रसपान गरौँ

ड्राइभरको प्रेमपत्र

मेरी जीवनकी स्टेयरिङ
चौथो गियरभन्दा धेरै माया ।

म अहिलेसम्म कन्डिसनमा नै छु । आशा छ तिमी पनि अहिलेसम्म पञ्चर भएकी छैनौ होला ।प्रिय जिन्दगीको टायर खिइँदै गएको छ । त्यसैले कहिलेकाहीँ फोनबाट भए पनि एक आपसमा सम्बन्ध रिसोलिङ गर्दै गर्नु पर्छ ।

केटाकेटीहरूलाई गाली गर्दा आफ्नो हर्न अलि सानो पार्नू, नत्र छिमेकीहरूले घर तोडफोड गरिदेलान् । म पछिल्लोपटक घरबाट हिँड्दा तिमी अलि बिरामी थियौ, आफ्नो शरिरको सर्भिसिङ गर्दै गर्नू । पेटमा हाल्ने डिजेल पेट्रोल किन्न खर्च छोडि दिएकै थिएँ क्यारे । अभाव हुनासाथ खबर गर्नू । आउँदो चक्काजाममा आएर बेट्री चार्ज गरौँला ।

उही तिमीलाई सधैं ब्रेक दिने

हस्तबहादुर लामा
कनकाइ यातायात

 

प्रहरीको प्रेमपत्र

मेरी प्यारी, जीवनकी सिठ्ठी !
लाइसेन्सभन्दा आकर्षक माया !

तिमीसँग दङ्गा भएर छुटेपछि मनमा अहिलेसम्म अमनचैन छैन । तुरून्त आएर मनको दङ्गा नियन्त्रण गरिदेऊ ।प्रिय तिमीलाई मेरो दस औँलाको स्यालुट छ, मनको सङ्कटकाल नियन्त्रण गरिदेऊ । मेरो आदेशको उल्लङ्घन नगरिदेऊ । यदि त्यस्तो गरेमा तिम्रो माइतमा नै आएर बल प्रयोग गर्न पनि सक्ने छु । याद गर बल प्रयोगमा लाठीचार्ज र टियरग्यासको प्रयोग मैले गर्नु नपरोस् ।

उही तिम्रो
ह. ठण्डाराम थापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x