साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानवअधिकार

Nepal Telecom ad

न्यायकर्ताको इजलाशमा पालैपालो मानव अधिकारको रक्षाको लागि अपिल गर्नेहरूको भीड बढ्न थाल्यो । सबैभन्दा पहिले एउटी युवतीको पालो आयो । कल्र्याङकुर्लुङ बटारिएको कपाल, रङ्गीन परेली, कानमा फिरफिरे कुण्डल, लालीले आली बनाएको ओठ भएकी ती युवतीको अरु भागको वर्णन गर्न म जस्तो धकप्रसादको जोर त चल्दैन तर कनीकुथी सारांश बताउने धृष्टता गर्दछु ।

घाँटीमा आइ लभ यू लेखिएको लकेट, ढाडबाट छातीको भागसम्म पुगेको पारदर्शी तुनाजस्तो फिताले लगभग १÷१०० भाग छोपिएको छाती, भाग्यमानी कलाकारले खोपिदिएको दुईवटा टाटु, कमरमुनि दुई अमले झिल्लरी झ्याइँको घेरावाल पारदर्शी मिडीको मोहोताजस्तो कपडा अनि खुट्टामा हाँसको घाँटीजस्तो उठेको हिलमा क्याटवाक गर्दै थिइन् ती युवती ।

“श्रीमान् ! सरी सरी कस्तो बिर्सिएँ मेरो त बिवाह नै भएको छैन, हे दाजु ! मलाई लुगा भनेपछि माछोलाई थाप्ने खुँगाको सम्झना आउँछ । बिचरा माछाहरू कति छटपटाउँछन् खुगामा परेपछि । लुगाले मलाई पनि लास्टै छटपटी बनाउँछ । जाडो महिनालाई त लस्टै सरापेर बस्छु पो त । गर्मी लाग्यो अनि स्वतन्त्रताको बहार आयो । यस्तो तरिकाले हिंड्छु म । पुलिस दाजुहरूले यसपाली लास्टै दुख दियो नि । मैले जबर्जस्ती कपडा लाउनू रे, मेरो मानव अधिकार हनन भएन त दाजु ?”

न्यायकर्ता हेरेको हेरै भए । उनको आँखाको परेली पनि हल्लिएन । मुख पनि आँमात्र भइरह्यो । नजिकै बसेकाले उनको आँखा वरिपरि कागजले हम्किदिएपछि मात्र उनको आँखा हल्लियो ।

“यिनले के भनिन् रे ?” न्यायकर्ताले सोधे । वरिपरिका मानिसहरूले मुखामुख गरे ।
“श्रीमान् ¤ सरी सरी, दाजु पनि के भन्नू ? देख्नासाथ बेहोश ? नहुनुस् न मदहोश । अँ मैले मेरो मानवअधिकार खोजेको ?” उनैले सम्झाइन् ।
“ए ठीक छ । यिनलाई यिनको मानवअधिकार दिनू र रिहा गरिदिनू । सकेजति हिंड्नू, बरु कहिलेकाहीँ हाम्रो टोलतिर पनि आउनू नि है ।”
प्रहरीले ती युवतीलाई छोडिदिए उनी बाहिरिइन् । दोस्रो व्यक्ति देखा प¥यो ।

“ढ्याङ्ग, ढ्याङ्ग, ढ्याङ्ग नमस्कार छ है ”, बन्दुक सोझ्याएको अभिनय गर्दै उसले ठूलो स्वरले नमस्कार ग¥यो । न्यायकर्ता उसलाई देखेर आत्तिए । उनले हात जोडेर नमस्कार फर्काए । उनको हात हावामा हल्लिएको विरुवाको पातजस्तो देखिन्थ्यो ।
“तपाइँलाई के चाहियो ?”
“म हातमा गन लिएर हिंड्ने डन हुँ । मेरै अघिपछि नेताजति फनफन, फेरि यी पुलिसको केको गनगन ? म नभए न नेताको मुखमा माड लाग्छ न त पुलिसकै ठूला मान्छेको ढाड लाग्छ । यति जान्दाजान्दै किन घरिघरि च्याप्प, सबलाई पारिदिउँ छ्याक्कछ्याक्क । मेरो मानवअधिकार खै ?”
“ए हो त, लौ यिनलाई सलाम ठोकेर इज्जतपूर्वक आप्mनो पेसामा जान छोडिदिनू ।”

दोस्रो व्यक्ति निस्कनासाथ तेस्रो व्यक्ति आइपुग्यो । उसको हातमा काटिएको कपाल थियो र फुकालिएको मुन्द्रा पनि । “कुण्डलाय नमः, झ्यापुल्लाए नमः मुन्द्राय नमः, नमस्कार” ऊ ठूलो स्वरले चिच्याउँदै नमस्कार गरेर उभियो ।
“के भयो ?” न्यायकर्ताले सोधे
“मेरो मानव अधिकार हनन भयो हजुर, यस विषयमा कलाकारले बोलिदिए, लेखकले बोलिदिए तर पनि यिनीहरू किन छोड्दैनन् हँ ? यिनीहरू हजामसँग मिलेको हुनुपर्छ । हजामहरू महिनामहिनामा कपाल काटेको मूल्य बढाउँछन्, कसरी सकिन्छ कपाल काट्न ? फेरि हामी नभए कुनै दलको आमसभा हुँदैन, जुलुसमा मान्छे हुँदैन ।”
“लौ यिनको काटिएको कपालसमेत जोडिदिएर इज्जतसाथ रिहा गर्नू ।” न्यायकर्ताले आदेश दिए ।

कपालकेस सकिनासाथ अरु पनि आए । केटाहरू सारी लाउन पाउँ भन्दै आए, चोरहरू चोराधिकारलाई मानवअधिकारको अभिन्न अङ्गको रुपमा व्याख्या गरिदेऊ भन्दै आए । सबैको माग पूरा गरे न्यायकर्ताले । अन्तमा एकजना पीडित उभिए इजलासको सामुन्नेमा । उनी निकै गम्भीर थिए ।

“हजुर नमस्कार छ, सिधासाधा मान्छे अन्यायमा परियो । मेरै सामुन्नेमा हाकाहाकी मेरो घर फुटाए चोरहरूले, उजुरी गर्न सुरक्षाकर्मीकहाँ पुगेको । उहाँहरूले त उल्टै आरोप लगाउनु भयो ।”
“के भन्नुभयो उहाँहरूले ?”
“चोरले चोरुञ्जेल के हेरेको ? चोरलाई उम्किन दिने हो ? भन्दै मैलाई समात्नुभयो । मेरो मानवअधिकार हनन भयो हजुर ।”

“उहाँहरूका कुरा गलत होइन, तपाइँले चाहनुभएको मानवअधिकार र न्याय खोज्ने भए पचास वर्षपछि आउनुहोला ।” न्यायकर्ताले भने । भलादमी निरीह देखिए र एकोहोरो न्यायकर्तातिर हेरिरहे । परपर आवाज सुनिँदै थियो “हा हा मानवअधिकार, आहाहा मानव अधिकार ।”

धादिङ

 

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x