साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानवअधिकार

Nepal Telecom ad

न्यायकर्ताको इजलाशमा पालैपालो मानव अधिकारको रक्षाको लागि अपिल गर्नेहरूको भीड बढ्न थाल्यो । सबैभन्दा पहिले एउटी युवतीको पालो आयो । कल्र्याङकुर्लुङ बटारिएको कपाल, रङ्गीन परेली, कानमा फिरफिरे कुण्डल, लालीले आली बनाएको ओठ भएकी ती युवतीको अरु भागको वर्णन गर्न म जस्तो धकप्रसादको जोर त चल्दैन तर कनीकुथी सारांश बताउने धृष्टता गर्दछु ।

घाँटीमा आइ लभ यू लेखिएको लकेट, ढाडबाट छातीको भागसम्म पुगेको पारदर्शी तुनाजस्तो फिताले लगभग १÷१०० भाग छोपिएको छाती, भाग्यमानी कलाकारले खोपिदिएको दुईवटा टाटु, कमरमुनि दुई अमले झिल्लरी झ्याइँको घेरावाल पारदर्शी मिडीको मोहोताजस्तो कपडा अनि खुट्टामा हाँसको घाँटीजस्तो उठेको हिलमा क्याटवाक गर्दै थिइन् ती युवती ।

“श्रीमान् ! सरी सरी कस्तो बिर्सिएँ मेरो त बिवाह नै भएको छैन, हे दाजु ! मलाई लुगा भनेपछि माछोलाई थाप्ने खुँगाको सम्झना आउँछ । बिचरा माछाहरू कति छटपटाउँछन् खुगामा परेपछि । लुगाले मलाई पनि लास्टै छटपटी बनाउँछ । जाडो महिनालाई त लस्टै सरापेर बस्छु पो त । गर्मी लाग्यो अनि स्वतन्त्रताको बहार आयो । यस्तो तरिकाले हिंड्छु म । पुलिस दाजुहरूले यसपाली लास्टै दुख दियो नि । मैले जबर्जस्ती कपडा लाउनू रे, मेरो मानव अधिकार हनन भएन त दाजु ?”

न्यायकर्ता हेरेको हेरै भए । उनको आँखाको परेली पनि हल्लिएन । मुख पनि आँमात्र भइरह्यो । नजिकै बसेकाले उनको आँखा वरिपरि कागजले हम्किदिएपछि मात्र उनको आँखा हल्लियो ।

“यिनले के भनिन् रे ?” न्यायकर्ताले सोधे । वरिपरिका मानिसहरूले मुखामुख गरे ।
“श्रीमान् ¤ सरी सरी, दाजु पनि के भन्नू ? देख्नासाथ बेहोश ? नहुनुस् न मदहोश । अँ मैले मेरो मानवअधिकार खोजेको ?” उनैले सम्झाइन् ।
“ए ठीक छ । यिनलाई यिनको मानवअधिकार दिनू र रिहा गरिदिनू । सकेजति हिंड्नू, बरु कहिलेकाहीँ हाम्रो टोलतिर पनि आउनू नि है ।”
प्रहरीले ती युवतीलाई छोडिदिए उनी बाहिरिइन् । दोस्रो व्यक्ति देखा प¥यो ।

“ढ्याङ्ग, ढ्याङ्ग, ढ्याङ्ग नमस्कार छ है ”, बन्दुक सोझ्याएको अभिनय गर्दै उसले ठूलो स्वरले नमस्कार ग¥यो । न्यायकर्ता उसलाई देखेर आत्तिए । उनले हात जोडेर नमस्कार फर्काए । उनको हात हावामा हल्लिएको विरुवाको पातजस्तो देखिन्थ्यो ।
“तपाइँलाई के चाहियो ?”
“म हातमा गन लिएर हिंड्ने डन हुँ । मेरै अघिपछि नेताजति फनफन, फेरि यी पुलिसको केको गनगन ? म नभए न नेताको मुखमा माड लाग्छ न त पुलिसकै ठूला मान्छेको ढाड लाग्छ । यति जान्दाजान्दै किन घरिघरि च्याप्प, सबलाई पारिदिउँ छ्याक्कछ्याक्क । मेरो मानवअधिकार खै ?”
“ए हो त, लौ यिनलाई सलाम ठोकेर इज्जतपूर्वक आप्mनो पेसामा जान छोडिदिनू ।”

दोस्रो व्यक्ति निस्कनासाथ तेस्रो व्यक्ति आइपुग्यो । उसको हातमा काटिएको कपाल थियो र फुकालिएको मुन्द्रा पनि । “कुण्डलाय नमः, झ्यापुल्लाए नमः मुन्द्राय नमः, नमस्कार” ऊ ठूलो स्वरले चिच्याउँदै नमस्कार गरेर उभियो ।
“के भयो ?” न्यायकर्ताले सोधे
“मेरो मानव अधिकार हनन भयो हजुर, यस विषयमा कलाकारले बोलिदिए, लेखकले बोलिदिए तर पनि यिनीहरू किन छोड्दैनन् हँ ? यिनीहरू हजामसँग मिलेको हुनुपर्छ । हजामहरू महिनामहिनामा कपाल काटेको मूल्य बढाउँछन्, कसरी सकिन्छ कपाल काट्न ? फेरि हामी नभए कुनै दलको आमसभा हुँदैन, जुलुसमा मान्छे हुँदैन ।”
“लौ यिनको काटिएको कपालसमेत जोडिदिएर इज्जतसाथ रिहा गर्नू ।” न्यायकर्ताले आदेश दिए ।

कपालकेस सकिनासाथ अरु पनि आए । केटाहरू सारी लाउन पाउँ भन्दै आए, चोरहरू चोराधिकारलाई मानवअधिकारको अभिन्न अङ्गको रुपमा व्याख्या गरिदेऊ भन्दै आए । सबैको माग पूरा गरे न्यायकर्ताले । अन्तमा एकजना पीडित उभिए इजलासको सामुन्नेमा । उनी निकै गम्भीर थिए ।

“हजुर नमस्कार छ, सिधासाधा मान्छे अन्यायमा परियो । मेरै सामुन्नेमा हाकाहाकी मेरो घर फुटाए चोरहरूले, उजुरी गर्न सुरक्षाकर्मीकहाँ पुगेको । उहाँहरूले त उल्टै आरोप लगाउनु भयो ।”
“के भन्नुभयो उहाँहरूले ?”
“चोरले चोरुञ्जेल के हेरेको ? चोरलाई उम्किन दिने हो ? भन्दै मैलाई समात्नुभयो । मेरो मानवअधिकार हनन भयो हजुर ।”

“उहाँहरूका कुरा गलत होइन, तपाइँले चाहनुभएको मानवअधिकार र न्याय खोज्ने भए पचास वर्षपछि आउनुहोला ।” न्यायकर्ताले भने । भलादमी निरीह देखिए र एकोहोरो न्यायकर्तातिर हेरिरहे । परपर आवाज सुनिँदै थियो “हा हा मानवअधिकार, आहाहा मानव अधिकार ।”

धादिङ

 

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x