साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ ठोकान

Nepal Telecom ad

डम्बर घिमिरे

गरीबका छोरीहरू राम्रा पनि त्रिकुटी छन्
धनीका ती छोरीहरू कुरूप पनि भृकुटी छन्
गरीबका छोरीहरू पाउँदैनन् पढ्न च्याम्पो
धनवानका छोरीहरू सबै भेट्छन स्रङचङगम्पो ।

000

हरि काफ्ले

परेको छ सङ्गत गर्न ती अनौठा जीवसँग
धन दौलतका हुँदाखाँदा मनका चाहिं गरीबसँग
‘हरि’लाई हेलाँ गरी पैसालाई पूजा गर्छन्,
दया माया रत्ती छैन ती अनौठा जीवसँग ।

000

आनन्द श्रेष्ठ

आधा शरिर ढाकिएको आधा नाङ्गो देख्छु
फोटो खिच्दा तिम्रो मुहार किन बाङ्गो देख्छु
पोशाक अनि व्यवहारले दिन्छ परिचय
आधा शरीर छोपिए नि सब उदाङ्गो देख्छु ।

000

लुम्विनी अधिकारी

च्याटमा मस्त भई भुलिरहन्छ ऊ नेटमा
भेट्न आउने कार्यकर्ताको लाम छ गेटमा
भन्छन् ज्यूनार हुँदैछ उहाँको, यो खाने समय हो
पर्खिन्छन् कार्यकर्ता महिनौं भोको पेटमा ।

000

देवेन्द्र घिमिरे

हटायौं हामीले समूल राजतन्त्र
ल्यायौं आफैले चाहेको लोकतन्त्र
काम कालुले गरे ठालू फल खाँदैछन्
तिनकै घेरामा कैदी छ हाम्रो गणतन्त्र !

000

सीता तिवारी

राहदानी बनाउने लाम देखेर,
हैरान छु यो चक्काजाम देखेर ।
असिना झै पसिनाका धारा छुटेपछि,
लाचार छु यति चर्का घाम देखेर !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x