सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छ ठोकान

Nepal Telecom ad

डम्बर घिमिरे

गरीबका छोरीहरू राम्रा पनि त्रिकुटी छन्
धनीका ती छोरीहरू कुरूप पनि भृकुटी छन्
गरीबका छोरीहरू पाउँदैनन् पढ्न च्याम्पो
धनवानका छोरीहरू सबै भेट्छन स्रङचङगम्पो ।

000

हरि काफ्ले

परेको छ सङ्गत गर्न ती अनौठा जीवसँग
धन दौलतका हुँदाखाँदा मनका चाहिं गरीबसँग
‘हरि’लाई हेलाँ गरी पैसालाई पूजा गर्छन्,
दया माया रत्ती छैन ती अनौठा जीवसँग ।

000

आनन्द श्रेष्ठ

आधा शरिर ढाकिएको आधा नाङ्गो देख्छु
फोटो खिच्दा तिम्रो मुहार किन बाङ्गो देख्छु
पोशाक अनि व्यवहारले दिन्छ परिचय
आधा शरीर छोपिए नि सब उदाङ्गो देख्छु ।

000

लुम्विनी अधिकारी

च्याटमा मस्त भई भुलिरहन्छ ऊ नेटमा
भेट्न आउने कार्यकर्ताको लाम छ गेटमा
भन्छन् ज्यूनार हुँदैछ उहाँको, यो खाने समय हो
पर्खिन्छन् कार्यकर्ता महिनौं भोको पेटमा ।

000

देवेन्द्र घिमिरे

हटायौं हामीले समूल राजतन्त्र
ल्यायौं आफैले चाहेको लोकतन्त्र
काम कालुले गरे ठालू फल खाँदैछन्
तिनकै घेरामा कैदी छ हाम्रो गणतन्त्र !

000

सीता तिवारी

राहदानी बनाउने लाम देखेर,
हैरान छु यो चक्काजाम देखेर ।
असिना झै पसिनाका धारा छुटेपछि,
लाचार छु यति चर्का घाम देखेर !!

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली