प्रेम ओली ढकलपुरेम भुसुक्क प्रसाद
मासु लिन भनि गएको मान्छे
मिठाइ लिइकन आको’छु
आफ्नै चिया भनेर
कति पटक
अर्काको पनि चिया खा’को छु
यो बिर्सिने बाणी
अनेक दुःख पा’को छु
खै के भएर हो
म त जवानीमै
भुसुक्क प्रसाद भा’को छु ।
मिटिङमा भनेर हिँडेको मान्छे
डेटिङमा पुग्या छु
छोराछोरलिाई फकाउन
गुबारा भनी
प्यान्थर पो फुक्या छु
मट्टितेल किन्न हिँडेको मान्छे
भट्टितेल किन्न गा’को छु
खै कसरी हरायो चेतना
भर्खर चालिस मात्र भा’को छु ।
कति पटक घरकी भनी
परकीलाई बोला’छु
के गर्न भनि हिँडेको मान्छे
बिर्सेर बाटोमा नै टोला’छु
पुराना कागत भनी कति पटक
कविता नै जला’छु
म भुसुक्क प्रसादको
के कुरा गर्नु हजुर
एक पटक
भटभटे साइकल ठानी
छोराको साइकल पो चला’छु ।
कहिले दाह्री भनेर जुँगा काट्या’छु
कहिले जुँगा भनेर ओठै काट्याछु
कति पटक त कागज भनेर
हरिया नोटै काट्या’छु
म भुसुक्क प्रसादको के कुरा गर्ने हजुर
हर्लिक्स भनेर कयौँ पटक
वेकिङ्ग पाउडर पो चाट्या’छु ।
कहिले ओषधि खान बिस्र्या’छु
कार्यालय जाँदा कति पटक
मोबाइल नै लान बिस्र्या’छु
कहिले खाना खाएँ भनेर
भोक भोकै बस्या’छु
कहिले खाएर पनि
फेरि खान भान्सामा पस्या’छु
कहिले कपाल फाल्न
सेलुन भनेर
ब्यूटी पार्लर पस्या’छु
सबै कुरा खोल्न लाजै लाग्छ हजुर
म भुसुक्क प्रसाद यसरी
कति पटक कहाँ कहाँ फस्या’छु ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































