साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नयाँ मन्त्रालय

Nepal Telecom ad

नयाँ नेपालमा धेरै नयाँ कामहरू गर्नुछ । नयाँ कामको शुरुआत नयाँ मन्त्रालयहरूको गठनबाट पनि गर्न सकिन्छ । नयाँ नेपालमा सांसदको संख्या नै हजार पुग्ने सम्भावना देखिएकोले सबैको भाग पुर्याउन पनि नयाँ मन्त्रालयहरूको गठनले सहयोग गर्नेछ । तुरुन्त गठन नगरी नहुने केही मन्त्रालयहरूको स्थापनाका लागि म प्रस्ताव गर्न चाहन्छु ।

लोकतन्त्रमा हावी भइरहेको ठोकतान्त्रिक संस्कारलाई मध्यनजरमा राखी सरकारले पटकपटक विभिन्न दल, मोर्चा, संघ, महासंघ, संस्था र फोरम लगायत समलिङ्गी समूह, जुवाढे समाज, अन्तर्राष्ट्रिय पाकेटमारा सञ्जाल, लुटेरा समूह, राष्ट्रिय वेश्या परिषद्, सेक्स एन्ड स्म्याक्स् सोसाइटी, स्वास्नी पीडित संघ, जँड्याहा महासंघ, भट्टीवाल एसोसिएसन, चुच्चे एकता फोरम, थ्याप्चे फ्रन्ट, कुसुन्डा युनियन, झाँक्री एकता समाज, राष्ट्रिय बोक्सी हुल, सुगा ज्योतिषी संघर्ष समिति, आदि इत्यादिहरूमध्ये कसै न कसैसँग आइन्दा बाह्रै महिना वार्ता गरिहनुपर्ने कुरा पक्का छ । तिनीहरूका जस्तासुकै मागहरू पनि पूरा गर्न नयाँ नेपालमा ‘वार्ता मन्त्रालय’ को तुरुन्त स्थापना हुनुपर्छ ।

उल्लिखित संघ संस्था वा समूहले गर्ने आन्दोलन, तोडफोड, आगजनी, हवाइफायर, हत्या लगायतका घटनाको छानबिन गर्न बारम्बार आयोग गठन गर्नु, आयुक्तहरूको नियुक्ति गर्नु, तिनीहरूका लागि महङ्गो भत्ता सुविधाहरूको व्यवस्था गर्नुभन्दा बरु एउटा मन्त्रालय नै गठन गर्नु उपयुक्त हुने मेरो ठहर छ । ‘छानबिन तथा सिफारिस मन्त्रालय’ को नाममा स्थापना हुने यो मन्त्रालयले माथि उल्लिखित विभिन्न संस्था र व्यक्तिका बीच उठेका किचोलाहरूको छानबिन गर्ने र प्रतिवेदन तयार गरी आवस्यक कारबाहीका लागि निरन्तर म्यूजियममा पठाइरहने कार्य गर्नेछ ।

‘आगजनी तोडफोड तथा क्षतिपूर्ति मन्त्रालय’ गठन गर्न त ढिलै भइसकेको छ । यसको नामैबाट यसले गर्नुपर्ने काम स्पस्ट हुने हुँदा यसको आवस्यकताका बारेमा बढी व्याख्या नगरी यो मन्त्रालयको स्थापनामा म जोडदार आवाज उठाउ“छु । तोडफोड, आगजनी, लुटपाट वा हत्याहरू भएको सुन्नासाथ ती घटनाहरूको अध्ययन गरी क्षतिपूर्ति दिन राष्ट्रिय ढुकुटीको ढोका खुला राखेर बस्नु यस मन्त्रालयको मुख्य उद्देश्य हुनेछ ।

नयाँ नेपालको छोटो अनुभवका आधारमा अबदेखि गृह, शिक्षा, परराष्ट्र, आपूर्ति, स्थानीय विकास आदि मन्त्रालयहरू खारेज गर्नुपर्छ । लोकसेवा, अख्तियार, मानवअधिकार आयोग जस्ता संस्थाहरू विघटन गर्नुपर्छ । निर्वाचन आयोगलाई पनि शङ्काको घेरामा राखिराख्नुपर्छ । यस्ता संस्थाहरू बन्द गरेर नयाँ नयाँ समय सापेक्ष निकायहरू गठन गरी नयाँ नेपाल निर्माण गर्दै जान म विधायकहरूलाई आग्रह गर्छु ।

‘स्वाहा’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x