साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घडेरी प्लटिङ मुर्दावाद !

Nepal Telecom ad

अहो हेर्दा हेर्दै लह लह हुने खेत सकियो
बन्यो मान्छे लोभी नरकपथ रोजी बहकियो
घडेरी रे सारा चर चर भए गाँस हरियो
बढ्यो गर्मी औधी गरिब जनको सास हरियो ।

बने टुक्रा टुक्रा महल ठडियो क्या ! शहर भो
अभागी मान्छेको धन धन सधैं छ्या ! रहर भो
भयो बन्दी हावा जल पनि सुके हा ! नगरमा
पुगे मान्छे सारा नगर भनिने त्यो बगरमा ।

सिमेन्टी भो साथी खर– घर सबै नासिन गए
फलामे डन्डीले तल तल कठै भासिन गए
बने अग्ला अग्ला महल तर मान्छे लसुन भो
धनी भो रे मान्छे तर मन कठै चाहुरिन गो ।

कमायो मौलायो नगद धनले पुस्ट हुन गो
हिजोभन्दा ज्यादै मनुज जगमा दुष्ट हुन गो
न गोजी कात्रोमा पशु धन यतै छोड्नु छ भने
सबै जान्दा जान्दै कृपण किन लौ मानिस बने ।

ठगी आफ्नालाई रगत पसिना हर्ने गरियो
चढें भन्दा भन्दै तल तल अझै लौन झरियो
विवेकी हौं हामी मनुज धरतीकै रवि न हो !
यही भन्ने गर्ने कलम जगमा यै कवि न हो !!!

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x