साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसैगरी बित्यो

Nepal Telecom ad

केही उमेर जन्मिएर, हुर्किंदै र बढ्दै बित्यो,
चौथाई त सिक्नुपर्छ ! भन्दाभन्दै पढ्दै बित्यो ।

उमेर बढ्यो, बैश चढ्यो, बाटो कतै बिराइयो,
केही वर्र्ष आगत–बिगत, भाग्यसँग लड्दै बित्यो ।

घाम पश्चिम डुब्न लागे, सुख अझै भेटिएन,
यति गर्छु, उति गर्छु, मनमा चाह गढ्दै बित्यो ।

घर कहाँ ? जहान कहाँ ? बालबच्चा खुसी कहाँ ?
अजम्बरी पाए सरि, परदेशमा सड्दै बित्यो ।

छाला चाउरी पर्न थाल्यो केश पनि झर्न थाल्यो,
कति नै पो बाँचिएला ! मनै मनमा डढ्दै बित्यो ।

आशै–आशमा, प्रतिक्षामा, जीवन बित्न लाग्यो हजुर !
नियतिले उभ्याएको, कठिन पहाड चढ्दै बित्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x