नन्दलाल आचार्यहिँडन्या पथमा झुक्याइ पति !
(बिर्खे टोपी लाएर छड्के पछयौरा भिरेर भानुभक्त आजभोलि राजधानी छिर्थे भने
यस्तो कविता लेख्थे होला है !!)
कोही छन् परी कोही सुन्दरी
देखिन्छन आँखामा घरीघरी
हिँड्छन अङ्गमा धागो धरी
अमरावती कान्तिपुरी नगरी ।
चाल चलन बिगार्ने ती युवती
हिँडन्या पथमा झुक्याइ पति !
झुल्दछन् नसामा रातै भरी
अमरावती कान्तिपुरी नगरी !!
टम्म शरीर उचाइ छ फिटको
बेर्छन् टालो दुई इन्च रुमालको
छल्किए मोती आँखामा यसरी
अमरावती कान्तिपुरी नगरी ।
उर्लाबारी, मोरङ
Subscribe
Login
0 Comments
Oldest




































