दुई खोक्तक
१.
तिम्रो र मेरो कथा उस्तै उस्तै लाग्छ
हामी दुबैको व्यथा उस्तै उस्तै लाग्छ
एउटा बाटो भेटेको छु यो मन बुझाउन
हाम्रा नेता र गधा उस्तै उस्तै लाग्छ ।
२.
धावा बोलेँ कुरीति बिरुद्ध भिड्ने हो कसो गरी
गौँडा कुर्छन् दुर्बासाहरू हिँड्ने हो कसो गरी
भेटिन्छन यहाँ सन्त महन्त अनेक ढोगीहरू
हुन्न लेखेको निधारमा चिन्ने हो कसो गरी ?
काठमाडौं