साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक

Nepal Telecom ad

मृत्यु

भ्रष्टाचारको दलदलमा अनेकौं भासहरू छन्
नेतृत्वको वाणीमा गन्हाएका सासहरू छन्
देशै चिहान बनेपछि मृत्यु सस्तो हुँदो रै’छ
आज हिमाल, पहाड तराई जताततै लासहरू छन् ।

हल्लाको पिरामिड

एउटा भन्छ– ‘देश विदेशीको अखडा बन्दै छ’
अर्को भन्छ– ‘देश टेन्च र एम्बुसको बङ्कर हुँदैछ’
हल्लैहल्लाको पिरामिडभित्र विना ग्यारेन्टीको
प्रजातन्त्र खासाको सामान बन्दैछ ।

आँखाको इसारा

आँखाले आँखालाई आँखाको इसारा छ,
भाकाले भाकालाई भाकाको पुकारा छ,
वियोग नै प्रेमको उत्कर्ष रहेछ कि कसो ?
मिलनको चाह नै हृदयको सहारा छ ।

सस्तो मृत्यु

प्रण गरेपछि बाग्मतीमा अब नदी पसेको छ
होस खुलेपछि अब तन्त्रमा माया बसेको छ,
मृत्यु दस रुपैयाँ धार्नीभन्दा सस्तियो यहाँ
आफन्तीहरूको आँखाबाट पानीजस्तै आँसु खसेको छ ।

सर्म
आधुनिकताले मानिसको पर्म खोसी दियो,
मनमा पाप छिप्पिएपछि धर्म चोरी दियो,
भौतिक सुखका निम्ति महको माखो बनेपछि–
मानिसले सबैभन्दा पहिले सर्म छोडिदियो ।

मन्थली क्याम्पस, रामेछाप 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x